नेकपाको नेतृत्व परिवर्तन गर्ने दाउमा प्रचण्ड र माधव, वामदेवले थाले गृहकार्य !
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १३:४:३८
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’भित्र अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच नयाँ गठबन्धन बनेको छ ।
अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड र नेता नेपालले नयाँ मोर्चाबन्दी सुरु गरेको नेकपानिकट उच्च स्रोतले जनाए ।
प्रधानमन्त्री ओलीलाई २०७६/७७ को बजेट ल्याउन दिने र त्यसपछि उनलाई हटाउनेगरि प्रचण्ड–नेपालले मोर्चाबन्दी कसेको र त्यहीअनुरुप छलफल अघि बढाएको स्रोतको दाबी छ । जेठ १५ पछि नेतृत्व परिवर्तन गर्ने उनीहरुको दाउ छ । उक्त मिशनमा नेकपाकै अर्का प्रभावशाली नेता वामदेव गौतम खटिएका छन् ।
ओलीलाई नेतृत्वबाट जसरीपनि विस्थापित गर्नुपर्ने निश्कर्षमा दुवै नेता पुगेका छन् । प्रचण्ड प्रधानमन्त्री भए माधव नेपाल अध्यक्ष बन्ने यदि त्यसो हुन नसके माधव नेपाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई पार्टी नेतृत्वको जिम्मा दिनेगरि ‘वान म्यान, वान पोष्ट’ को अवधारणमा जाने उनीहरुको आन्तरिक योजना छ ।
ओलीविरुद्धको नयाँ गठबन्धन बनाउने सम्पूर्ण जिम्मेवारी बामदेवले लिएका छन् । सुरुवातदेखि नै वामदेव ओलीसँग रुष्ट छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार