नेपाली सेनाले बारा र पर्साका हुरी प्रभावितको घर निर्माण गरिदिने
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १७:१३:२
काठमाडौं । सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको हो ।
घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
प्रभावितहरुको घर निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्ने छ । तत्कालै बर्खा लाग्ने भएकाले छिटो निर्माण सक्नका लागि सरकारले सेनालाई जिम्मा दिएको हो । बिहीबार बिहान सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले यो विषयमा कुरा गरेका थिए ।
प्रधानमन्त्रीसहितको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत थिए । राउतले समेत छिटो घर निर्माणको आवश्यक औल्याउँदै विशेष व्यवस्था गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
बिहीबार बिहानको बैठकमै सेनालाई जिम्मेवारी दिनेबारे छलफल भएको थियो । त्यही छलफलको आधारमा साँझको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेका हो ।
प्रभावितहरुलाई घर निर्माणसहित उपचार खर्च पनि सरकारले नै बेहोर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रदेश र केन्द्र सरकारले समन्वयात्मक रुपमा प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्यक्रम समेत सञ्चालन गर्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार