सिन्धुलीमा मल कारखाना निर्माणसम्बन्धी फाइल प्रधानमन्त्रीलाई
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १८:२:४९
२२ चैत, काठमाडौं । सिन्धुलीमा रासायनिक मल कारखाना निर्माणसम्बन्धी फाइल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण अघि बढाइसकेको जानकारीसहित फाइल बुधबार प्रम प्रचण्डलाई बुझाएका हुन् ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर उनले आफू मुख्यमन्त्री हुँदा थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराए । सो अवसरमा उनले मल कारखाना स्थापनासम्बन्धी फाइल पनि प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरे ।
उद्योग स्थापनाका लागि गत पुस ६ मा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट समेत भइसकेको पनि उनले बताए । औद्योगिक क्षेत्र निर्माणका लागि हाल सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको भन्दै पाण्डेले जग्गा भाडामा लगाउने निर्णय संघीय सरकारले गर्नुपर्ने बताए ।
‘अहिलेको अवस्थामा हाम्रो देशमा १० देखि १२ लाख मेट्रिक टन आवश्यक पर्छ । त्यसका लागि केही समयअघि थाइल्यान्डको मेहाछाद इन्टरनेशनल कम्पनीसंग सम्झौता समेत भइसकेको उनको भनाइ छ । उद्योग स्थापना हुने स्थानको भूमि व्यवस्थापन गर्ने कार्य मन्त्रिपरिषदले गर्नुपर्ने पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार