टेलिभिजन सिरिजमा आउँदै ह्यारी पोटर
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार ११:४०:५७
१ वैशाख, काठमाडौं । लेखिका जेके रोलिङको विश्वकै चर्चित पुस्तक ‘द ह्यारी पोटर’को नयाँ टेलिभिजन सिरिज नयाँ कलाकारका साथ दर्शकमाझ आउने भएको छ । आगामी एक दशकमा निर्माण गरिने यो सिरिजको प्रत्येक सिजन सात पुस्तकमध्ये एकमा आधारित हुनेछ ।
पुस्तक ‘द ह्यारी पोटर’ विश्वभर सर्वाधिक बिक्री भएका पुस्तकमा पर्दछ । पुस्तक विश्वव्यापी रुपमा ६ सय मिलियन प्रति बिक्री भएको थियो । यो पुस्तकमा आधारि रहेर फिल्म पनि बनिसकेको छ । जसमा अभिनेता डेनियल रेडक्लिफले हेरी पोटरको चरित्र निर्वाह गरेका छन् ।
‘सिरिजले नयाँ कलाकार र नयाँ पुस्ताको फ्यानडमलाई फिचर गर्नेछ । सिरिजमा आकर्षक विवरण, रुचाइएका कलाकार र नाटकीय लोकेसन हुनेछन् । ह्यारी पोटरका फ्यानले २५ वर्षदेखि मनपराइरहेको विषयलाई सिरिजमा राखिनेछ’ वार्नर ब्रोस डिस्कभरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।लेखिका रोलिङलाई कार्यकारी निर्माता दिइने सिरिजका प्रत्येक सिजनले पुस्तकको आधिकारिक कथालाई प्रस्तुत गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार