कब्जियतको समस्याबाट बच्न मोही स्वास्थ्यका लागि सर्वोत्तम पेय
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार ८:३९:१५
२ वैशाख, काठमाडौं । अबको मौसम गर्मी मौसम हो । यो गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना धेरै हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ ।
दही र मोही कत्तिको खानुहुन्छ, कुन्नि ? मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ। भनिन्छ ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन। स्वादको हिसाबले मात्र नभई दहीमोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी पनि मानिन्छन्।
दूधबाट दही बन्दा विषेश प्रकारको किटाणु पैदा हुन्छ। यसले हाम्रो स्वास्थ्यका लागि सकारात्मक काम गर्छ। बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाको हाडकालागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ। हाडकालागि क्याल्सियमको निकै ठूलो महत्व छ। विशेषगरी उमेर बढदै जाँदा हाडको घनत्व कम हुदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ। महिलाको महिनावारी बन्द भएको बेला यो समस्या निकै देखिन्छ। क्यालसियमका लागि दही निकै राम्रो स्रोत हो।
दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बच्चाहरुका लागि दही एउटा उत्तम बिकल्प हो। कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ। यसबाट बच्न दहीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ। दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ। अनुसन्धानहरुले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँछन्। यसले आन्द्रामा हुने क्यान्सर कम गर्न मद्दत गर्छ ।
मोही स्वादिलो त हुने नै भयो, स्वस्थ्यकर पनि । मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ । तर, एउटा कुरा भने ख्याल राख्नुपर्छ । अक्सर शहरी क्षेत्रमा दहीमा पानी घोलेर त्यसलाई पातलो बनाइन्छ । त्यसैलाई मोही भनिन्छ । असली मोही भने अलि भिन्न हुन्छ, जुन गाउँघरमा पाइन्छ । हुन त त्यही दहीको घोलबाटै मोही बनाइने हो । तर, गाउँघरमा दही जमाउने, मथ्ने र मोही बनाउने प्रक्रिया भिन्न छ ।
पछिल्लो समय कब्जियत ठूलो समस्याको रुपमा देखापरेको छ। कब्जियतले शरीरका विभिन्न भागमा समस्या निम्त्याउँछ। कब्जियतको समस्याबाट बच्न हरेक उमेरका व्यक्तिले मोही र दहीको प्रयोग गरेमा यो समस्या स्वतः समाधान हुन्छ। दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध खुवाउने महिला र लामो बिरामीबाट भर्खर उठेका व्यक्ति सबैलाई अत्यन्तै जरुरी हुने डा अरुणा उप्रेती बताउछिन् ।
कसरी बनाउने मोही ?
गाउँघरतिर काठको ठेकीमा प्राकृतिक ढंगले दही जमाइन्छ । यसरी ठेकीका लागि प्रयोग गरिने काठ पनि विशेष हुन्छ, देवदारु भन्ने बनस्पतिको काठबाट बनाइन्छ । त्यसैले परम्परागत ढंगले जमाइने दही स्वस्थ्यवद्र्धक मानिएको हो ।
त्यही दही काठकै ठेकीमा मथेर नौनी घिउ निकालिन्छ । दहीमा पानी घोलेर मथेपछि त्यसबाट घिउ निस्कन्छ । बाँकी रहेको तरल अर्थात पेय नै मोही हो । यसरी परम्परागत ढंगले तयार गरिने मोही सर्वोत्तम पेय हो, स्वास्थ्यका लागि ।
मोहीको गुण
आयुर्वेदमा समेत मोहीलाई महत्व दिइएको छ । यसको नियमित सेवनले विभिन्न किसिमको लाभ मिल्ने बताइन्छ । आयुर्वेदमा भोजन खाइसकेपछि दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने बताएको छ । मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ ।
मोहीले शरीरलाई सितलता प्रदान गर्छ । पानीको अभाव हुन दिदैन । विभिन्न किसिमका दीर्घ रोगमा समेत मोहीको सेवन लाभदायक मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री आउने भएपछि सल्यानको दार्मा गाउँपालिकामा सार्वजनिक विदा
बैशाख २८, २०८१ शुक्रबार
कोसी र गण्डकी सरकार गठनविरुद्ध दायर छुट्टाछुट्टै रिटमाथि आज सुनुवाइ
बैशाख २८, २०८१ शुक्रबार
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
बैशाख २८, २०८१ शुक्रबार
'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार