शनिबारदेखि प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १३:३७:१०
३ वैशाख, काठमाडौं । शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको राससलाई बताए ।
उनले भने, “सिस्टम अपग्रेड गर्ने क्रममा नेटवर्किङका कारण समस्या आएको छ, प्राविधि टोलीले काम गरिरहेका छन्, प्राविधिक कुरा कतिबेला बन्द भन्न सकिन्न, सम्भवतः आज समस्या समाधान हुन्छ होला ।” उक्त नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार