कांग्रेसभित्र परराष्ट्रबारे जानकार नेता कम, अनिच्छुकले पाए जिम्मेवारी
केदार भट्टराई (काका)
बैशाख ४, २०८० सोमबार १३:१६:२२
४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेपछि नेपाली कांग्रेसभित्र मन्त्री बन्न चाहनेहरूको चलखेल सुरु हुँदै गर्दा परराष्ट्र मन्त्रालयबारे चर्चा सरु भएको थियो । विशेष गरी कांग्रेसले पाउने भनिएका अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा कसलाई पठाउने भन्ने खोजी कांग्रेसमा थियो । अहिलेको विग्रदो अर्थतन्त्रलाई नजिकबाट नियाल्न सक्ने अर्थशास्त्री कांग्रेसमा कमै थिए ।
केहीले पहिले पनि अर्थमन्त्रालय चलाएकाले उनीहरुलाई सहज हुने अनुमान पनि गरिएको थियो । तर, अनुमानमा परेका र देउवा निकटका ज्ञानेन्द्रबहादुर कार्कीको यो पटक अर्थमा जाने जोडघटाउले काम गरेन । अर्थमन्त्रीको जिम्मेवारी डा. प्रकाशशरण महतले पाए । उनको विषयगत ज्ञानको हिसाबले ठिकै पनि देखियो । कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेपछि परराष्ट्रमन्त्री बन्ने व्यक्तिको खोजी कांग्रेसभित्र भएको नेताहरु पनि बताउँछन् । डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारको नेतृत्व गरेमा उनै परराष्टमन्त्री बन्न योग्य भएको चर्चा पनि चल्यो तर, उनले सरकारमा जाने इच्छा देखाएनन् ।
कांग्रेसका एक नेताको भनाइ अनुसार डा. नारायण खड्का यसअघि नै परराष्ट्रमन्त्री भइसकेकाले उनलाई फेरी पठाउने कुरा भएन । युवा नेता उदयशमशेर राणाको नाम पनि परराष्ट्रमा आएको थियो तर, उनी नयाँ भएकाले पठाउन नहुने कुरा माथिबाटै आएको थियो । परराष्ट्र मन्त्री बनाएर पठाउन योग्य व्यक्ति कांग्रेसमा एकजना थिए डा मिनेन्द्र रिजाल । तर, उनले मंसिर ४ को प्रतिनिधिसभा सदस्यमा चुनाव लडन उनले टिकट नै पाएनन् । सरकारमा जाने रस्साकस्सी चलिरहँदा महामन्त्री गगनकुमार थापाले पनि परराष्ट्र मन्त्रालयमा जाने चाहना राखेका थिए ।
उनले अगाडि नै सरकारमा नजाने भनेको र संसदीय दलको नेतामा चुनाव लडेकाले आफै मन्त्री बन्छु भन्ने अवस्था थिएन भने उनलाई भित्रबाट मन्त्रीका लागि दवाव आयो भनेर भनिदिने वातावरण पनि मिलने । सभापति देउवाले पार्टीभित्र पनि परराष्ट्रमन्त्री बनाउन लायक सांसद नै नभएको गुनासो समेत गरेका थिए । उनले नेताहरूसँगै भनेका थिए, ‘८७ जना सांसद छन तर, परराष्ट्रमा पठाउने लायक कोही पनि छैन ।’ कोही नपाएपछि देउवाले एनपी साउदलाई परराष्ट्रमा पठाए । तर, उनको परराष्ट्रमा जाने चाहना थिएन । उनले आफ्नो विषयगत र बुझेको मन्त्रालय नभएकाले मन्त्री बनाउने भए अरु नै मन्त्रालय दिन भनेका थिए । अन्त्यमा सभापति देउवाले उनलाई नै पठाए ।
राजनीतिमा प्रखर भएपनि परारष्ट्र मन्त्रालय बाह्य राजनीति र कूटनीतिक विषयका कारण अलिक फरक भएकाले उनले यो मन्त्रालयमा आफू नजाने बताएका थिए । अहिले मन्त्री भएर गएपछि उनका अगाडि धेरै चुनौतिहरु देखिएका छन् । नेपालले परराष्ट्र मामिलाका विषयमा धेरै काम गर्नुपर्नेछ । कुटनीति जानकारहरुले पनि साउद अप्ठ्यारो बेला परराष्ट्रमन्त्री बनेको टिप्पणी गरेका छन् । उनीहरूको भनाइमा नयाँ परराष्ट्रमन्त्री बनिरहँदा भारत र चीन दुवै छिमेकी रणनीतिक प्रतिस्पर्धा छन् । चीन र अमेरिकाबीच व्यापारमा संघर्ष छ । सुपर पावरमा नयाँ शक्तिको उदयले ध्रवीकरण भएको छ । युक्रेन युद्धपछि हाम्रा सामू विश्व सम्बन्धमा नयाँ चुनौती थपिएका छन् ।
फरक राजनीतिक व्यवस्थाका उदीयमान अर्थतन्त्र भएका भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने र शक्ति राष्ट्र अमेरिकासहितका अन्य मुलुकसँग बदलिँदो भूराजनीतिक परिवेशमा राष्ट्रिय हित अनुरूप सम्बन्ध बढाउनुपर्ने मुलुकको चुनौती रहेका बेला साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिएका छन् । नेपालमा आन्तरिक राजनीतिक अस्थिरता र फरक–फरक विचारधारा भएका राजनीतिक दलहरूबीचको गठबन्धन सरकार भएको परिवेशमा विदेश सम्बन्धलाई व्यवस्थापन गर्नुपर्नेछ । छिमेकीसहित शक्ति राष्ट्रहरूले पनि आ–आफ्नो स्वार्थलाई व्यवस्थापन गर्न खोजिरहेका छन् । यस्तो बेला असंलग्न परराष्ट्र नीतिलाई शिरोपर गरेर अघि बढ्नुपर्ने दायित्व पनि उनीमाथि थपिएको छ ।
नेपाली राजनीतिक नेतृत्वले भारतसँग विश्वास वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ । जलविद्युत, व्यापार र लगानीका साथै भैरहवा र पोखरा एयरपोर्टको बाटो खुला गर्न सक्नुपर्ने काम बाँकी छन् । कलकत्ता, हल्दिया, विशाखापटनम बन्दरगाहमा नयाँ सुविधा प्राप्त गर्न सक्नुपर्ने छ । बाढी, सिँचाइका कुरा छन्, त्यसका लागि नेपाली राजनीतिक नेतृत्वले भारतसँग विश्वास वातावरण निर्माण गर्नुपर्ने अवस्था छ । कालापानी र सुस्ताको सीमा समस्या सचिव र मन्त्री स्तरीय संयन्त्र प्रयोग गरेर समाधान गर्नुपर्ने विज्ञको सुझाव छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र दुवै देशले ९८ प्रतिशत सीमा समस्या समाधान भयो भने पनि कालापानी र सुस्तामा केही समस्या छन् । यसलाई दुइटै मुलुकले सचिवस्तरीय र मन्त्री स्तरीय संयन्त्र प्रयोग गरेर समाधान गर्नुपने अहिलेको आवश्यकता हो । नेपाल र भारतबीच सीमा समस्या समाधानका विषय पनि टड्कारो रुपमा आएका छन् । नेपाल र भारतले डेडिकेटेड म्याकनिजम बनाएर काम गर्नुपर्ने माग उठिरहेको छ । चीनसँग पनि सीमा विवाद रहेको छ । हुम्लामा चीनले सीमा अतिक्रमण गरेको सरकारी डकुमेन्टले नै भनिसकेको छ । यसलाई पनि समाधान गर्दै जानुपर्ने आवश्यकता छ । यसैले पनि साउदका अगाडि कम चुनौती भने छैनन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार