पूर्व अध्यक्ष महर्जन बेलायत भागेपछि सुमेरु सेभिङका सबै शाखा बन्द, सर्वसाधारणको ८ अर्ब डुब्ने खतरा
सुमेरु हस्पिटल र कलेजमा बैंकहरुको करोडौं ऋण लगानी डुब्ने अवस्थामा, लिलामीको तयारी
नेपालबहस संवाददाता
बैशाख ९, २०८० शनिबार १३:१८:२६
७ वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को ओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैयाँ बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीका वचतकर्ताबाट उठेको अरबाैं रकम सुमेरू ग्रुपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो ।
सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्व अध्यक्ष भरत महर्जन लामो समयदेखि बेलायतमा हराएपछि सदस्यहरूको बिचल्ली भएको छ । पूर्व अध्यक्ष भरत महर्जनसहित उनका आफन्त सञ्चालकहरु हेमराज दाहाल, विनोद आचार्य, दिलीप डङगोल, सुनील डङ्गोल, सोछन्दा मानन्धर, रमेश महर्जन लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरूले बताएका छन् । सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष महर्जनले नै चलाएको आशंका गरिएको छ ।
अहिले सो सहकारीले चलाएको सुमेरु सिटी हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अरबौंकाे लोनमा रहेको बुझिएको छ । हेमराज दाहाल नेतृत्वको नयाँ सञ्चालक समितिले हस्पिटल, जग्गा जमिन, कलेज राम्रैसँग चलेको बताएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालझेलपूर्ण गतिविधिमा नयाँ समितिका सदस्यहरू अगाडि नदेखिए पनि कर्मचारी र सदस्यहरूलाई धाकधम्की दिएर सहकारीको सीइओले बोल्न नदिने गरेको स्रोतले बतायो । सो कारण सदस्यहरू तथा कर्मचारीहरू कहाँ कुन निकायमा जाने अन्योलमा छन् ।
स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरूको बेलायत तथा अमेरिकाको भिषा लगाएर उतै कुद्न थालेको हल्ला चल्न थालेको छ । उक्त सहकारीका एकाउन्टेन अहिले अष्टेलियामा छन् । सुमेरु ग्रुपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचत कर्ताहरुले नै बताउन थालेका छन् । सुमेरु हस्पिटल, कलेज पनि बैंकले लिलाम गर्ने अवस्थामा पुगेको पाइएको छ । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरू विदेश भाग्ने खतरा बढेको स्रोतले बतायो । अहिले सो सहकारीकाे केन्द्रीय कार्यालयसहित ४ वटै शाखा बन्द अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
एमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार