सभापति देउवाले राखे कांग्रेसमा समीक्षा गर्नुपर्ने प्रस्ताव
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:३०:२५
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र गम्भिर समीक्षा गर्नु प्रस्ताव राखेका छन् । उनले उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामू चुनौती खडा भएको भन्दै पार्टीभित्र समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका हुन् । सोमवार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले कांग्रेस गम्भिर समीक्षाको मोडमा पुगेको बताएका हुन् ।
यस अघि पार्टीभित्र चर्को रुपमा निर्वाचनको समीक्षा हुने पर्ने अवाज उठाउँदा देउवाले अटेर गर्दै केन्द्रीय समितिको बैठकसमेत बोलाउन मानेका थिएनन् । प्रतिनिधिसभा रिक्त रहेका तीन क्षेत्रको उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको भन्दै उनले यसको कांग्रेसले समीक्षा गर्न आवश्य भएकोमा जोड दिएका थिए ।
संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएकोले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याए हुन् । बैठकमा सहभागि नेताका अनुसार सभापति देउवाले अहिले देशको विषम परिस्थिति रहेको र अब पार्टीलाई कसरी अगाडी लाने भन्ने कुरामा ठोस नीति र योजना बउनाउनु पर्ने बताएका थिए ।
उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो देखिनुमा आफुहरुकै कमजोरी रहेको देउवाको भनाइ थियो । उनले अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्तामा जोड दिन सबैलाई आग्रह गरेका थिए । देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका छन् । उनले अर्थमन्त्री प्रकाशशरण महतलाई अहिले देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका छन् । आज धेरै सांसदले बोलेको र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि बैठक बस्ने बताइएको छ । सोमबार आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार