च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर साम्पाङ्गलाई २८ लाख हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १७:४८:२५
१२ वैशाख, धरान । कोकाहाखोलाबाट धरान सम्म खानेपानी ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा सहयोग पुर्याउने उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत सांगीतिक कार्यक्रम 'च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान' बाट उठाईएको रकम सोमबार सार्वजनिक गरिएको छ।
आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रुपैया बाँकी रहेको कार्यक्रम संयोजक मीना सिंगकले जानकारी दिइन् । सोही पत्रकार सम्मेलनमा उक्त रकम बराबरको डमी चेक आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र संयोजक मिना सिंगकले मेयर हर्कराज राई साम्पाङलाई हस्तान्तरण गरेका थिए ।
संयोजक सिंगकका अनुसार टिकट बिक्रीबाट १६ लाख ४६ हजार ८५६ रुपैया संकलन भएको थियो । जसमा कन्सर्टको दिन गेटबाट ३ सय दरको टिकट बिक्री हुँदा ६ लाख ४८ हजार रकम उठेको थियो भने प्रिसेल टिकट २ सय दरबाट ४ लाख ७८ हजार, ५ सय, १ हजार दरको टिकटबाट २ लाख ४६ हजार ५ सय र ३ सयको टिकटबाट १८ हजार रकम संकलन भएको थियो ।
यस्तै, एउटा पाइप बराबरको ७ हजार १२१ रुपैयाको टिकट बिक्रीबाट २ लाख ५६ हजार ३५६ रुपैया संकलन भएको थियो भने टिकट बाहेकबाट विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोगबाट १९ लाख ७१ हजार २१० रुपैया संकलन भएको थियो । सबै गरेर ३६ लाख १८ हजार ६६ रुपैयाँ संकलन भएको र खर्चतर्फ भने कुल ७ लाख ८१ हजार ७२१ रुपैया भएको पनि संयोजक सिंगकले सार्वजनिक गरिन ।
मेयर साम्पाङले भब्य कन्सर्टगरेकोमा आयोजक, सहयोगी दाता, कलाकारहरु सबैलाई धन्यवाद दिएका थिए भने कन्सर्ट हेर्न आउने धरान तथा धरान बाहिरका दर्शकहरुलाई पनि धन्यबाद दिएका थिए भने सम्पूर्ण रकम कोकाहा खानेपानी आयोजनामा खर्च गरिने र चाडै धरानेजनताहरुले कोकाहाको पानी खान पाउने बताउंदै दैनिक भैरहेको कोकाहा श्रम अभियानमा संगलग्न हुन् हुन आव्हान गरे।
उक्त च्यारिटी कन्सर्टमा सहयोग गर्ने सम्पूर्णलाई आयोजक तथा मेयर हर्क साम्पाङ्गले धन्यबाद पत्र वितरण गरेका थिए । गत चैत २५ गते सम्पन्न भएको कन्सर्टमा कलाकारहरु दिप श्रेष्ठ, राजेश पायल राई,दिपक लिम्बु, प्रविशा अधिकारी, डिल्ली फोम्बो एंड द ब्याण्ड , द वाल्किंग क्लाउड ब्याण्ड , एकदेव लिम्बु, रोहित मास्के लगायतले निःशुल्क गाएका सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार