पूर्व अर्थमन्त्रीको सेटिङमा गृहले सघाउदा खलबलियो अर्थको खर्च संरचना
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १४:८:३६
१३ बैशाख, काठमाडौं । अर्थ मन्त्रालयमा आएको खर्च अपुगको विषयले यति बेला समग्र नेपाली अर्थतन्त्रको समीक्षा भइरहेको छ । करिब दुई खर्बको स्रोत व्यवस्थापनमा तलमाथि पर्दा कर्मचारीलाई मासिक तलब दिन नसकिने अवस्थामा नेपाल सरकार पुगेको भन्दै अलोचनाहरु भइरहेका छन् । पछिल्लो समय शिक्षक र प्रहरीको पेन्सन सकिएको विषयले निकै चर्चा पाएको छ । अर्थ मन्त्रालयका एक कर्मचारीले दिएको जानकारी अनुसार करिब ३ अर्ब रकम व्यवस्थापन गर्दा यो समस्या पनि टर्छ ।
विगत वर्षहरूदेखि नै चालू खर्च अधिक बढेर आएको छ । पुँजीगत खर्च न्यून छ । चालू खर्चको स्रोत राजश्व संकलन भएकाले विगत केही महिनादेखि यस माथि दवाव बढिरहेको छ । मन्त्रालयका कर्मचारीले दिएको विवरण अनुसार अर्थ मन्त्रालयका स्रोत त्यति बेलादेखि बिग्रिएर आयो जति बेला अर्थमन्त्री शर्माले सेटिङमा भन्सार छलेका सामानहरूलाई नेपाल प्रवेश गराउन थाले । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा अर्थमन्त्री जनार्दन शर्मा थिए ।
शर्माको सेटिङका कारण अर्थ मन्त्रालयको संरचना नै बिग्रियो । उक्त समयमा बिग्रिएको संरचनाको असर अहिले परिरहेको छ । ति कर्मचारी यसरी भन्सार नतिरेर सामान ल्याउने क्रम आर्थिक वर्ष सुरुमहिना साउनदेखि पुससम्म कायम रह्यो । भन्सार कार्यालयहरूसँगको सेटिङमा कपडादेखि चामल चिनीसम्म भित्र्याइयो । यसले करिब दुई खर्ब भन्दा बढी खर्च संरचनामा प्रभाव पार्यो । राजश्व उठेन र अहिलेसम्म पनि यसको प्रभाव राजश्वमा परिरहेको छ ।
पूर्व अर्थमन्त्री शर्माकै सेटिङमा यी सबै कुरा भइरहेको जानकारी अर्थ मन्त्रालयमा भए पनि सेटिङमा भएकाले यसमा कुनै अनुसन्धान नै भएन । निर्वाचनका समयमा त झन कति अवैध सामान नेपाल छिराएर राजश्वमा घाटा पुर्याइयो भन्ने एकिन नै छैन । यो समयमा पनि अर्थमन्त्रीमा शर्मा नै थिए । उक्त समयमा गृहमन्त्री रहेका बालकृष्ण खाँण पनि यसमा संलग्न भएको कर्मचारी बताउँछन् । उनले भन्सारमा कडाइ नगर्न निर्देशन नै दिएका थिए । यसरी साउनदेखि पुससम्म अवैध रुपमा भारतबाट तस्करीबाट आउने अधिक सामानले भन्सार तिरेनन् ।
यसैले गर्दा अहिले अर्थ मन्त्रालयलाई चालू खर्च अन्तर्गतका केही शीर्षकहरुमा रकम पुर्याउन कठिन भइरहेको छ । शिक्षाको पेन्सन पनि यसैको प्रभावमा परेको हो । ति कर्मचारीका अनुसार त्यति बेला गरिएका राजश्व छल्ने सेटिङका असर आगामी आर्थिक वर्षको बजेटमा पनि पर्ने देखाएको छ । अहिले अर्थ मन्त्रालयले निकासा गरेको पैसाले तलब र पेन्सन दिन नै नसक्ने अवस्था सिर्जना हुनुको मुलकारण पनि यही भएको बताइएको छ ।
अहिले कुल ५२ हजार अवकाशप्राप्त शिक्षकमध्ये ३० हजारको पेन्सन चैतकाे समयमा गए पनि २२ शिक्षाको रकम जान बाँकी छ । यसका लागि ३ अर्ब बजेट भए पुग्छ । तर, राजश्व कम उठेकाले यो रकम पनि अर्थका लागि ठूलो भइरहेको छ । यस्तै समस्या नेपाल प्रहरीले पनि देखिएको थियो । अहिले भने अर्थले पैसा पठाइसकेको जनाएको छ । गतवर्ष बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको र सो अनुपातमा तलब र पेन्सन बढे अनुसार रकम बढाएर पठाएको थिएन ।
अहिले अर्थ मन्त्रालयले स्रोत अभावको कारण बढेको रकम समयमा नपठाएको कारण तलब र पेन्सन प्रहरी र अवकाशप्राप्त शिक्षकले नपाएका हुन् । अहिलेसम्म सरकारले ६ खर्ब ९९ अर्ब राजस्व उठाएको छ । जब कि यो समयमा सरकारको चालू खर्च सात खर्ब १८ अर्ब छ । १९ अर्ब रूपैयाँले राजस्वको तुलनामा चालू खर्च बढी छ । अर्थका कर्मचारीहरू पूर्वमन्त्री शर्माको सेटिङको प्रभावले १९ अर्ब रकम कम भएको हो । गत वर्ष यही समयमा ८ खर्ब ११ अर्ब राजस्व उठेको थियो । यो वर्ष बढ्नुपर्ने हो तर, घट्यो ।
गत वर्षको तुलनामा राजस्व एक खर्बभन्दा बढीले घटेको छ । यसरी राजस्व घट्नुको प्रमुख कारण आयात घटेको कारण हो । सरकारले विदेशी मुद्रा जोगाउनकै लागि आयातमा कडाइ गरेको थियो । जसको सोझो प्रभाव राजस्वमा देखियो । पूर्व अर्थमन्त्री शर्मा र पूर्व गृहमन्त्री खाँणले भन्सार नतिरेर सामान ल्याउने क्रममा छुट दिने सेटिङले प्रत्यक्ष नै प्रभावित बनायो । राजश्व कम उठिरहेकै कारण निर्माण व्यवसायीको ८० अर्ब भुक्तानी यी सबै रकम असारसम्म उठ्ने राजश्वले धान्ने अर्थका कर्मचारी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार