'अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार ११:३८:५०
१५ वैशाख, काठमाडौं । आगामी असार ८ लाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ । वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन् ।
फिल्ममा लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन छ । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्म ‘अन्तिम संस्कार’मा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई फिल्ममा समावेश गरिएको छ ।
फिल्ममा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार