कैदीको पत्रबाट दंग कुनाल र सलिना
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १२:४:५६
१५ वैशाख, काठमाडौं । शुक्रबारबाट रिलिज फिल्म ‘कैदीको पत्र’ले शुक्रबार बिहान काठमाडौंमा विशेष शो गरेको छ । फिल्म हेरेपछि दर्शक तथा फिल्मकर्मीले फिल्म मनपराएको बताएका छन् । नयाँ कलाकारको काम, नेपाली फिल्ममा विदेशी कलाकार साथै स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा र प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।
सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो फिल्मलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । निर्देशक बैरागले आफुले लामो समय लगाएर बनाएको फिल्ममा दर्शकको रुचि राखेकोमा खुशी व्यक्त गरे । बिशेष शो हेरेपछि प्रमुख कलाकारद्वय कुनाल विश्व र सलिना थापा दंग देखिए ।
यस फिल्ममा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ ।
प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ । यो फिल्ममा समावेश सबै गीतमा शब्द, फिल्मको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन् । साहित्यकार स्व। ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो फिल्म बनाइएको हो ।
यस फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।
सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको फिल्ममा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार