प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ फर्स्ट लुकसंगै प्रदर्शन मिति सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १७:१८:४१
१५ वैशाख, काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८ गतेबाट प्रदर्शनमा आउनेछ।
वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर चलचित्रमा काम गरेको र एउटा उत्कृष्ट चलचित्र बनेको उनले बताए ।
‘अन्तिम संस्कार’लाई लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीले निर्देशन गरेका हुन् । उनले लन्डनमा फिल्म मेकिङ्ग गरी सकेका छन्। निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशपपश्चात मात्रै चलचित्र छायाँकनमा गएको थियो । शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको शीर्ष अभिनय छ । साथमा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको पनि चलचित्रमा अभिनय छ ।
चलचित्र विभिन्न अन्तराष्ट्रिय अवार्डमा समेत जाने विश्वास निर्माण टिमको रहेको छ। बाबु श्रेष्ठको छायाँकन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार