डाक्टरको परामर्श शुल्क बढ्यो, एमबीबीएस र बीडीएस चिकित्सकले कति लिन पाउने ?
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार २०:५२:२
१८ वैशाख, काठमाडौं । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग 'ओपीडी' शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल 'अफिन' को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।
चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो ।
१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको विज्ञप्तिमा उल्लेख छ । परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भए अनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० शुल्क लिन पाउनेछन् । यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन् ।
डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रुपैयाँ लिन पाउनेछन् । डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार