सुपारी कारोबारी मित्तलको ८० करोडको हिसाबले नयाँ नयाँ रहस्य खुल्दै
नेपालबहस संवाददाता
बैशाख २३, २०८० शनिबार १७:३९:१७
२३ वैशाख, विराटनगर । सुपारीको बिक्रीबाट आफूले पाउनुपर्ने ८० करोड रूपैयाँ विराटनगरका व्यापारी प्रदीप मुरारका र दिनेश राठीले नदिएको भन्दै झापाको बिर्तामोडका व्यापारी प्रदीप मित्तलले विराटनगरस्थित मोरङ व्यापार संघ र उद्योग संगठनमा उजुरी दिएसँगै अहिले सुपारी कारबाहीहरूका बीचमा हुने अवैध धन्दाको पोल धमाधम खुल्न थालेको छ ।
तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा सेटिङ मिलाएर झापाका दीपक पोखरेल, प्रदीप मित्तल, गोविन्द सरिया र विराटनगरका प्रदीप मुरारका एवं दिनेश राठीले संयूक्त रुपमा इण्डोनेशियाबाट २५ हजार टन सुपारी आयात गरेको अहिले आएर सार्वजनिक भएको हो । उक्त सुपारी उनीहरूले नेपालमा उत्पादन भएको देखाएर भारत निकासी गरी ५ अर्ब ४६ करोड कमाएको दावी सुपारी कारोबारी प्रदीप मित्तलको छ । सोही सुपारीको बिक्रीबाट कारोबारी प्रदीप मित्तलले पाउनुपर्ने ८० करोड रकम प्रदीप मुरारका र दिनेश राठीले मिलेर खाएको र हिसाब माग्दा नदिएपछि मित्तलले बाध्य भएर मोरङ व्यापार संघमा लिखित उजुरी दिएपछि अवैध सुपारी कारोबार भित्रको रहस्य बाहिरिएको हो ।
सुपारीको आयात गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै डिल गरेर ठूलै रकम कवोल गरेको दावी पनि स्रोतको छ । अब फेरी सुपारी आयात हुन नसक्ने आंकलन गरेका सुपारीका कारोवारी प्रदीप मित्तलले आफू साझेदारीमा नबस्ने भन्दै मुरारका र राठीसँग आफ्नो हिस्साको रकम मागेपछि सुपारी भित्रको आन्तरिक रहस्य बाहिरीन सुरु भएको हो । मुरारका र राठीले मित्तलको २० प्रतिशतको हिस्सा बाँडेर लिएपछि अहिले न्याय माग्दै मित्तल व्यापार संघ र उद्योग संगठनसम्म आइपुगेको कुरा व्यापारी स्रोतले बताएको छ ।
साढे ५ अर्बको कारोबारमा सरकारी राजश्व भने नगण्य मात्र तिरेर करोडौंको राजश्व ठगी गरिएको यो काण्डबाट प्रष्ट हुन्छ । यसरी सरकारी राजश्वमा घोटाला गरेको घटना सार्वजनिक हुँदासम्म पनि सुपारी बिक्रीको हिसाबको उजुरी अदालत वा सम्बन्धित सरकारी निकायमा जान किन सकिरहेको छैन भन्ने मुल प्रश्न उठेको भनाइ स्थानीय व्यापारीका बीचमा नै उठ्न थालेको छ ।
प्रति किलो एक सय रूपैयाँ भन्सार, एक सय रूपैयाँ अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर वापतको राजश्व तिरेर पनि सुपारीमा प्रति किलो दुई सयसम्म नाफा हुने भएकाले सुपारी आयात गर्ने कारोबारीले सरकारसँग सेटिङ गरी जति रकम तिरेर भएपनि सुपारीको आयात गर्ने दाउमा लागिरहने दावी पनि स्थानीय व्यवसायीको छ ।
पछिल्लो समय अहिले फेरी प्रचण्ड नेतृत्वको सरकारसँग उक्त सुपारीका कारोवारीले नै नयाँ समूह बनाएर सो समूहमा प्रदीप मुरारकालाई नराखी बुटवलबाट उत्पादन हुँदै आएको भोला गुट्खाकाका संचालक कमल मालपानीलाई पार्टनरसिप राखेर फेरि सुपारी र पोस्तादाना आयात गर्ने खेलमा सो समूह लागेको रहस्य पनि बाहिरीएको छ । उक्त समुहले आरजु देउवामार्फत सरकारलाई दवाव दिन लगाएर सो समूह पोस्ता दाना र सुपारी आयात गर्ने दाउमा लागेको र त्यसका लागि सो समुहले करोडौंको कमिसन डिल गरिरहेको दावी समाचार स्रोतले गरेको छ ।
अहिले पनि भन्सार कर्मचारीहरूसँगको सेटिङमा सुपारी लगायतका माल वस्तु आयात भइरहेको दावी व्यापारीको छ । केही दिन अगाडि मात्रै भारतको कोलकाता पोर्टमा भारतीय कस्टमले ६ कन्टेनर माल सिज गरेपछि उक्त कन्टेनरमा मकै आयात गरेको देखाएर सुपारी आयात भएको भेटिएको कुरा थाहा भएको छ । पछि सो सामान कोलकाता मै सिज भएको रहस्य पनि खुलेको छ । उक्त घटना बाहिरीएसँगै अहिले पनि सेटिङमा त्यसरी नै सुपारी भित्रिने गरेको दावी गर्न थालिएको छ । व्यापारिक स्रोतका अनुसार कोलकाता पोर्टमा सिज गरेको सुपारी विराटनगरकै व्यापारीको हो तर कसको हो भन्ने कुरा अहिलेसम्म पनि खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार