प्रतिनिधिसभा बैठक पुनः सुरु, नक्कली भुटानी शरणार्थी प्रकरणले तात्यो सदन
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:४६:१६
२७ वैशाख, काठमाडौं । आजै १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएपछि बैठक सुचारु भएको छ ।
शून्य समय लिएर बोल्दै लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न आग्रह गरेका छन् । प्रकरण मुलुकलाई नै अन्तर्राष्ट्रिय रुपमा लज्जित तुल्याउने किसिमका भएको र यसमा संलग्न जोही कोहीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले प्रकरणलाई अख्तियारमा बुझाउने गल्ती नगर्न पनि सरकारसँग माग गरे । साथै प्रकरणबारे संसद जानकारी गराउन सभामुखसँग रुलिङको माग गरे ।
यसअघि ११ बजे सुरु भएको बैठक राप्रपाका सांसदहरुले समसामयिक विषयमा बोल्न खोज्दा सभामुख घिमिरेले प्रि बजेट प्रस्तावमाथिको छलफल छिटो सक्नुपर्ने भएकाले सांसदहरुलाई बोल्न शून्य समय नछुट्याइएको जानकारी गराउँदा विरोध भएको थियो । विरोधपछि राप्रपाका सांसदहरुले रोष्ट्रम नै घेरेपछि बैठक स्थगित गरिएको थियो ।
आजको बैठकमा सांसदहरुले नक्कली शरणार्थीबारे चर्को रुपमा आवाज उठाएका छन् । उनीहरूले प्रकरणलाई निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउन र कुनैपनि दोषीलाई शक्ति र पहुँचको आधारमा छुट नदिन सरकारको ध्यानाकर्षण गराइरहेका छन् । पक्राउ परेका विरुद्ध राज्य विरुद्धको अपराध कसुरमा मुद्दा चलाउनुपर्ने बताएका छन् ।
प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध फौजदारी कानूनअन्तर्गत ‘संगठित अपराध’ र ‘ठगी’ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा मुछिएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी भने फरार छन् । उनीसहित फरार सूचीमा ३ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार