हावाहुरीका कारण देशका अधिकांश स्थानमा छैन बिजुली
हावाहुरीसँगै चट्याङ, दैलेखमा एकै परिवारका ४ जना घाइते
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १२:५९:३६
२ जेठ, काठमाडौं । दुई दिनदेखि मुलुकभरजसो आएको हावाहुरीले देशभरका विद्युत् वितरणमा समस्या परेको छ । आइतबार बेलुका र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आइतबार बेलुका हावाहुरीसहितको वर्षात् भएको थियो । हावाहुरीले राष्ट्रिय प्रसारणलाइनमा क्षति पर्याएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । सोमबार दिनभर पनि सबै राष्ट्रिय ग्रिडमा समस्या आएको उनले बताए ।
ग्रिडमा समस्या आएका कारण वितरण प्रणाली अवरुद्ध भएको जनाएको छ । अहिले पनि देशका थुप्रै स्थानमा बिजुली अवरुद्ध रहेको प्राधिकरणको भनाइ छ । थप हावाहुरी नचले मंगलबार बेलुकासम्म सबै क्षेत्रमा बिजुली बल्ने जनाइएको छ ।
हावाहुरीसँगै चट्याङ
हावाहुरीसँगै लागेको चट्याङका कारण दर्जभन्दा बढी मानिस घाइते भएका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गएराति सुतिरहेका बेला चट्याङ लागेर एकै परिवारका ४ जना घाइते भएका छन् ।
घाइतेहरु २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । उनीहरुको उपचार भइरहेको र सबै खतरामुक्त रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार