नक्कली शरणार्थी प्रकरणमा कांग्रेस मिडिया स्टनवाजीभन्दा निष्पक्ष अनुसन्धानको पक्षमा छः महत
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १३:०:३५
२ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको विश्वास निष्पक्ष छानविन र अनुसन्धनमा रहेको बताएका छन् । उनले सञ्चार माध्याममा कसको के विषय आयो र कुन पक्षले कुन कुरामा चासो दिएको छ भन्ने भन्दा पनि यो प्रकरणको छानविन निष्पक्ष र स्वातन्त्र हुनुपर्छ भन्ने ने कांग्रेसको धारण भएको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताएका हुन् । उनले पार्टीका नेताहरुको नाम जोडिएर आएको विषयमा पनि कांग्रेसले निष्पक्ष छानविन चाहेको बताए । महतले कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परी अनुसन्धान भइरहेको र अरु नेताहरु पनि दोषी देखिएमा कांग्रेसले अनुसन्धान कार्यमा कुनै हस्तक्षेतको नीति नलिने बताए ।
दोषी देखिएका नेताहरुलाई पार्टीले कारवाही गर्ने सन्दर्भमा प्रवक्ता महतले अनुसन्धानमा दोषी किटान भए पार्टीले पनि दोषी नै किटान गरेर कारवाही गर्ने बताए । अहिले दोषी भनेर प्रहरीले अनुसन्धान गरिरहेका नेता आफैले निर्देष छु र निर्दोस नै सावित गर्छु भनिरहेका बेला पार्टीले तिमि दोषी हौ भनेर किटान गर्न नमिल्ने भन्दै महतले कानुने दोषी ठहर गरेको व्यक्ति कांग्रेसको नजरमा पनि दोषी नै हुने बताए ।
उनले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको दाबी गरे । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँण कहाँ छिन् भन्ने प्रश्नमा प्रवक्ता महतले पार्टीले फलो गर्ने कुरा नभएको बताए । मिडिया र सामाजिक सञ्जालले भनेका भरमा पार्टीले कसैलाई पनि दोषी भन्न नसक्ने उनको भनाइ छ ।
आरजु राणाका सन्दर्भमा राणाले नै प्रमाणित होस भनेर उजुरी दिएको तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भन्ने खालको व्यवहार भइरहेको भन्दै यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको महतले बताए । उनले मिडिमा नै एकै विषया पनि थरीथरी र फरक फरकका धारणा आइरहेकाले कसको कुरा सत्य हो भन्न सकिने अवस्था नरहेको बताए ।
अनुसन्धानका क्रममा पक्राउ परेका बालकृष्ण खाँणले ’आफू निर्दोष छु, साबित गर्छु’ भनेको पनि महतले बताए । घटनाको अनुसन्धान जारी रहेकाले ’निर्दोष नफसून्, दोषी नउम्किऊन’ भन्ने पक्षमा पार्टी रहेको प्रवक्ता महतले जनाए । खाँणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको पनि उनले बताए ।
महतले भने, ‘आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ । निष्कर्ष आइसकेको छैन । उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्यो । त्यसमा पूर्ण सहयोग गर्छौं । दोषी नउम्किऊन्, निर्दोष नफसून’ भन्ने हाम्रो मान्यता हो । त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार