संक्रमणकालीन न्याय दिने विषयमा ढिलाइ गर्नुपर्ने कारण नै छैन : मन्त्री गुरुङ
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १३:३७:४५
२ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने बताएका छन् ।
मंगलबार कांग्रेसका सभापति एवं सांसद शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय समिति कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई लफावार छलफलबाट पारितका लागि संसदमा पेस गर्ने गरी सरकार अगाडि बढेको बताए । संक्रमणकालीन न्याय दिने विषयमा ढिलाइ गर्नुपर्ने कारण नै नभएको उनको भनाइ थियो ।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पु्याउन संक्रमणकालीन न्याय दिने विषय ‘हात्ती छिर्यो पुच्छर अहडक्यो’ सरह भएको बताए । शान्ति प्रक्रिया सुरु भएको डेढ दशकभन्दा बढी बित्दा पनि द्वन्द्वकालीन मुद्दालाई टुंग्याउन नसक्नु दुनियाँसामु लज्जाको विषय बन्दै गएको बताए ।
यस्तै, उनले म्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने धारणा राखे । संसदीय समितिलाई मिनि संसदको रुपमा हेरिन्छ । संसदमा पेस हुनुपहिले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा प्रस्तुत गर्ने व्यवस्था छ । समितिमा सबै दलका सांसदहरु समेटिएका हुन्छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले संसदबाट सिधै पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल एमालेले विधयेकलाई विषयगत समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएको छ ।
सोहीअनुरुप संसदले गएको वैशाख १५ गते नै सम्बन्धित समितिमा पठाइसकेको छ । साथै संसद नचलेका बेला सरकारले अध्यादेशमातर्फ ल्याएको मिटरब्याज छानबिन तथा जाँचबुझसम्बन्धी विधयेकलाई पनि अनुमोदनका लागि संसदमा पेस गरिएको छ ।
संसदमा पेस हुने हरेक विधेयकलाई प्रि छलफलका लागि संसदको विषयगत समितिमा ल्याएर छलफल गर्ने गरिन्छ । संसदअन्तर्गत १० वटा विषयगत समितिहरु छन् । संसद गठन एको करिब ६ महिनापछि मंगलबार विषयत समितिहरुको पहिलोपटक बैठक बसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार