रञ्जिता गठबन्धनको बैठकबाट किन बाहिरिइन् ?
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार ११:४४:१५
३ जेठ, काठमाडौं । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा सत्ताढ दलहरु आवद्ध गठबन्धनको बैठकबाट एक घटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ बाहिरिएकी छन् ।
उनी बैठक चलिरहेकै बेला जरुरी काम परेको भन्दै बैठक छाडेर बाहिरिएकी हुन् । हिजो सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका पति रेशमलाल चौधरी लगायत नेताहरुको कैद फैसला यथावत राख्ने फैसला गरेको थियो ।
फैसलापछि नयाँ परिस्थिति उत्पन्न भएको जनाउँदै नाउपाले आज काठमाडौंमा अपरान्ह १ बजे पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि रेशमले नाउपाका नेताहरुलाई छलफलका लागि उनी जन्म कैद भुक्तान गरिरहेको कारागार (जेल) डिल्लीबजारमा बोलाएका छन् । अहिले नेताहरु डिल्लीबजार पुग्ने क्रम जारी रहेको बताइएको छ । नाउपा रेशमकै योजनामा जेलमा रहेक बेला गत वर्ष गठित राजनीतिक दल हो ।
गठन भएकै वर्ष गएको वर्ष वैशाख १० मा भएको स्थानीय निर्वाचनमा कैलाली, बाँके, बर्दिया जिल्ला उल्लेख्य सफलता हासिल गरेको छ । त्यसपछि मंरि ४ को आमनिर्वाचनमा पनि सुदूरपश्चिम प्रदेश र संघमा राम्रै नतिजा हासिल गरेको थियो । संघमा उसको ४ सिट छ ।
रेशमलगायत टिकापुर घटनामा बन्दी बनाइएका नेताहरुको निसर्त रिहा हुनुपर्ने सर्तमा पार्टी अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल भएको छ । श्रेष्ठ भूमि व्यवस्था मन्त्री छिन् । सरकारलाई समर्थन गरिरहेका १० दलभित्र नाउपा रहेको छ ।
बुधबार बिहान १० बजेदेखि बसिरहेको गठबन्धनकाे बैठकमा सरकारले यही जेठ ५ गते ल्याउन लागेकाे नीति तथा कार्यक्रम र १५ गते ल्याउने बजेट लगायत विषयमा छलपफल भइरहेकाे जनाइएकाे छ । प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलसँग आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन भनेका छन् ।बैठकमा सर्वोच्च अदालतले चौधरी लगायतलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला नै सदर गरेपछि बन्न सक्ने संभावित राजनीतिक परिस्थितिबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार