अर्घाखाँचीको आगलागी घटनाका कारण खुल्याे, वृद्धसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १२:१८:४२
३ जेठ, काठमाडौं । प्रहरीले गत हप्ता अर्घाखाँचीको भूमिकास्थानमा भएको भीषण आगलागीको घटनामा संलग्नमध्ये ४ जनालाई पक्राउ गरेको छ ।
वैशाख २६ गते भूमिकास्थान नगरपालिका–२ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा आगलागीमा परी सोही ठाउँ बेल्बासे टोलका ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधव बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वर्षीय पदमप्रसाद बेल्बासे गरी ४ जनाको मृत्य भएको थियो । घाइते भएका उनीहरुको उपचारका क्रममा वैशाख २७ गते नेपालगन्जको विभिन्न अस्पतालमा मृत्यु भएको थियो । घाइते भएकी २६ वर्षीया अस्मिता बेल्बासे उपचाररत छिन् ।
सोही घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भूमिकास्थान नपा–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक विक, ७० वर्षीय देवीराम बेल्बासे र ३६ वर्षीय धर्मराज बेल्बासेलाई पक्राउ गरेको छ । वैशाख ३१ गते पक्राउ गरिएका उनीहरुलाई मंगलबार मात्र सार्वजनिक गरिएको हो ।
अभियुक्तहरुलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ४ दिने म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
वैशाख २६ गते बिहान घाँस काट्न गएका उनीहरूले जंगल क्षेत्रमा आगो लगाएर फरार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ । उनीहरुले जंगली जनावरले सताएका कारण आगो लगाएको बयान दिएको दाबी प्रहरीको छ । घटनाकाे अन्य व्यक्तिकाे पनि संलग्नता हुन सक्ने भन्दै सुक्ष्म अनुसन्धान जारी राखेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार