रञ्जिताले बोलाइन् पार्टी पदाधिकारी बैठक
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:५:१५
४ जेठ, काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको पदाधिकारी बैठक बोलाएकी छन् । पार्टीका संरक्षक रेशमलाल चौधरीलाई जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसलापछि बुधबारदेखि नेपाल बन्दसहितको कडा आन्दोलनमा उत्रिएको नाउपाले आज दिउँसो १ बजे काठमाडौंमा उप्लब्ध पदाधिकारीहरुको बैठक बोलाएकी हुन् ।
बैठकमा आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेको महासचिव रतन थापाले बताए ।
नाउपाको मुख्य माग कैलालीको टिकापुर घटनामाथि तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टिकापुर घटनालाई अपराधिक नभई राजनीतिक घटनाको रुपमा व्याख्या गरिनुपर्ने, घटनासँग जोडेर बन्दी बनाइएका सबैको निसर्त रिहाइ गरिनुपर्ने, सबै मुद्दा खारेज गरिनुपर्ने रहेका छन् । लालआयोगको प्रतिवेदन जेठ ५ गतेसम्म सार्वजनिक नगरिए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरिएको छ ।
टीकापुर घटनाका जन्मकैद सजाय भोगिरहेका रेशमलाल सहित ४ जनालाई सर्वोच्च अदालतले पनि मंगलबार मात्रै दोषी ठहर गर्दै जिल्ला र उच्चको फैसला सदर गरेको छ । फैसलापछि रेशमलालले सर्वोच्चको फैसला स्वीकार्ने र पुनरावलोकनमा जाने प्रतिक्रिया दिइसकेका छन् । तर पार्टीले भने सर्वोच्चको फैसला लाल आयोगको प्रतिवेदनबारे नबोलेको भन्दै झुटा मुद्दा खारेजी र बन्दी रिहाईसम्बन्धी पूर्व मागलाई जोेडदार रुपमा सरकार, सदन र सडकबाट उठाउने निष्कर्षमा नाउपा पुगेकाे हाे । जायज माग माग पूरा नभए कडा आन्दोलनको घोषणा गर्ने नेता लक्ष्मण थारुले बताए । सरकारमै बसेर ‘क्याबिनेट आन्दोलन’ गर्ने नीति पार्टीको रहेको उनले बताए ।
नाउपा अहिले पार्टी अध्यक्ष श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी छ । उनले भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । नाउपाको घोषित आन्दोलनमा मुख्य रुपमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, अन्यथा रेशमलाललाई कानून बनाएरै ‘फासी’ चढाउन माग गरिएको छ ।
टिकापुर घटनामा सर्वोच्चबाट २१ जना दोषी ठहर भएका छन् । सिताराम भनिने सन्तकुमार चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । सन्तकुमार बुधबार नै रिहा भइसकेका छन् भने गंगारामालाई अर्को ज्यान मुद्दा रहेका कारण रिहाइ भएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार