पोर्चुगलमा राहदानी सेवा शिविरबाट ५ करोड राजस्व संकलन
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १७:५५:४८
४ जेठ, काठमाडौं । पोर्चुगलमा संचालन गरेको राहदानी सेवा शिविरबाट ५ करोड भन्दा बढी राजश्व संकलन भएको छ । पोर्चुगलमा रही विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी राजधानी लिस्बनमा एक महिनाभन्दा लामो समय संचालन गरिएको राहदानी सेवा शिविरबाट उक्त राजश्व संकलन भएको जनाइएको छ ।
उक्त शिविरबाट पाँच करोड २२ लाख रुपेयाँ राजस्व संकलन भएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए ।
शिविरबाट दुई हजार ३०८ जनाले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ईपासपोर्ट)का लागि आवेदन परेका थिए । राहदानी तयार भएपछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने बताइएको छ।
राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो ।
गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम संकलन गरेको थियो ।
‘पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहाँ राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको छ ।
विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटकपटक टोली आउन सम्भव नरहेको जनाउँदै राहदानीलाई सुरक्षितरुपमा प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार