इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने विरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १३:२७:४
९ जेठ, बीरगन्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३ र चितवनका पाँच गरी १८ व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख मनिष दासले जानकारी दिए ।
इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एण्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको प्रमुख दासले बताए।
चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबीङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको प्रमुख दासले जानकारी दिए ।
अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १८ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनको भनाइ छ ।
यस्तै चालु आवको १० महिनामा चार सय ७५ जना व्यापारीले अनुमतिपत्र÷इजाजतपत्र लिएको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दासका अनुसार सो अवधिमा एक हजार ६२ व्यापारीले नियमित जाँच÷नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण गराएका छन् ।
ती सबै शीर्षकबाट चालु आवको साउनदेखि वैशाखसम्ममा रु एक करोड ९४ हजार तीन सय ७१ राजस्व सङ्कलन भएको प्रमुख दासले जानकारी दिए । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवापुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर 'अनुगमन' गर्दै आएको कार्यालय प्रमुख दासले बताए ।
कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्ने पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयातित वस्तुमा बढी कर लगाउँदा वीरगञ्ज बजारभन्दा रक्साैलमा बढी चहलपहल, बढ्यो तस्करी
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
रासस
असोज २०, २०८१ आइतबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण
असोज २२, २०८१ मंगलबार
इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानको उत्कृष्ट प्रदर्शन
असोज २२, २०८१ मंगलबार
राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने
असोज २२, २०८१ मंगलबार
एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान
असोज २२, २०८१ मंगलबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार