नांगो गाउँमा दयाहाङको नेता अवतार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १६:५५:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/daya-win4.jpg_1F9FYy2Gwy_5tPCLGtdrq.jpg)
९ जेठ, काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’मा अभिनेता दयाहाङ राईले नेताका रुपमा अभिनय गरेका छन् । ३३ दिनमा छायाङ्कन सकिएपछि फिल्म युनिटले दयाहाङको नेता अवतारको तस्वीर सार्वजनिक गरेको हो ।
फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।
हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।
यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतिक्षा छ । यहीकारणले गर्दा पनि फिल्मको विदेश राइट्स विक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गतबर्ष सुपरहिट भएको थियो ।
यस्तै, यो बर्ष आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘गोपि’बाट प्राप्त गरेका थिए । फिल्म ‘नांगो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सर्यो
असार १८, २०८१ मंगलबार
'मीराः स्याडो अफ अ रेन्बोको सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै
असार १६, २०८१ आइतबार
दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक
असार १४, २०८१ शुक्रबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
टर्की युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
असार १९, २०८१ बुधबार
म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण
असार १९, २०८१ बुधबार
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
असार १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम
असार १९, २०८१ बुधबार