बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरीको व्यवस्था
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:२:४७
१५ जेठ, जानकी । बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका लागि पानी पोखरीको व्यवस्था गरिएको छ । तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा निकुञ्जभित्र ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको हो ।
तालका सहनिर्देशक कमलराज राईले निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकताअनुसार गत वर्ष तीन र यस वर्ष दुई पोखरीमा पानीको व्यवस्था गर्ने काम भइरहेको बताए ।
“हेर्दा थोरै पैसाका सानासाना काम भएजस्तो देखिन्छ, तर यी संरचना वन्यजन्तुका लागि महत्वपूर्ण सावित भएका छन्, पानी नपाएर काकाकुल भएका वन्यजन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको छ”, उनले भने, “अत्यधिक गर्मी बढेसँगै पोखरीको पानी सुक्न थालेपछि हामीले वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरेका हौँ ।”
पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । उनले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताए । “सुक्खायाम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेन्डपम्पमार्फत पानीको व्यवस्था गरेका छौँ”, उनले भने ।
निकुञ्जभित्र विद्युत्को व्यवस्था नभएकाले सोलार प्रणालीको सहयोगमा हेन्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
“प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरी ड्याम बनाएर बग्ने पानीलाई सङ्ग्रह गरिएको छ”, प्रमुख संरक्षण अधिकृत साहले भने, “पानीको अभाव हुन नदिन विभिन्न उपाय अवलम्बन गरिएको छ, पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइलो माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ, कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको छ ।”
तालले बाँकेको कम्दी जैविक मार्गमा रहेको वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन समन्वय समितिका लागि रु चार लाख बजेटमा संरक्षण कोष स्थापना तथा परिचालन गरेको जनाएको छ ।
त्यसैगरी सीपमूलक कार्यक्रमका लागि रु एक लाख ३० हजार खर्च गरिएको छ । कार्यालय व्यवस्थापनका लागि रु १० हजार, चोरी, सिकार नियन्त्रण युवा अभियानका लागि रु दुई लाख, वन पुनःस्थापना कार्यक्रमका लागि रु पाँच लाख, निजी वन प्रवद्र्धन कार्यक्रमका लागि रु दुई लाख, आयआर्जन कार्यक्रमका लागि रु पाँच लाख र पानीको स्रोत संरक्षण कार्यक्रमका लागि रु चार लाख गरी कूल रु २३ लाख ३० हजारको आर्थिक सहयोग गरेको जनाइएको छ ।
तालका सहनिर्देशक राईका अनुसार श्री वन तथा वातावरण संरक्षण समन्वय समिति, राप्ती सोनारी गापा–८, ओभरी बाँकेमा पनि तालको आर्थिक सहयोगमा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका लागि रु तीन लाख खर्च भएको राईले बताए ।
त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा रहेको जलसेनी पोखरी स्थापनाका लागि रु २३ लाख ७५ हजार तीन सयको आर्थिक सहयोग गरिएको छ । खैरी तथा गोठेरी पोखरीका लागि रु पाँच लाख र निकुञ्जभित्र रहेका विभिन्न पोष्टको मर्मतका लागि रु तीन लाख खर्च गरिएको छ भने निकुञ्जभित्र सिसिटिभी स्थापनाका लागि रु तीन लाख खर्च गरिएको राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार