मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व मुनाले गर्ने
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:५१:५४
१५ जेठ, काठमाडौं । गत जेठ ४ गते राजधानीमा भव्यताका साथ सम्पन्न मिस हेरिटेज ग्लोबल नेपाल २०२३ को ताज चुमेकी चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले आगामीे २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।
उक्त प्रतियोगीताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अप्रिका पुग्नेछिन्। मुनाले उक्त प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा नेपालको सम्पदा झल्कने करिव ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्ने छिन्। यसका साथमा उनले विश्वका ५५ देशका सुन्दरीको सहभागीता रहने सो अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभागीविच नेपालको कला, संस्कृती, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।
मिस हेरिटेज ग्लोबल नेपालका नेशनल डाईरेक्टर उद्धव अधिकारीले संसारभरका सुन्दरीले स्पर्धा गर्ने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा मुनाले नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु मुलुककै लागि गौरवको विषय भएको बताए। ‘नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्याउने छिन् भन्ने हामीले विश्वास लिएका छौँ, यो प्रतियोगिताले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा हामीले राखेका छाँै। मिस हेरिटेज ग्लोबल नेपालका तर्पmबाट मुनालाई उनको आगामी यात्रामा सर्वथा सफलताका लागि शुभकामना दिन चाहन्छु,’ अधिकारीले भने।
भारतको बेंगलोरबाट उच्च शिक्षा हासिल गरेकी मूनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन्। मोडलिङमा समेत सफल रहँदै आएकी उनले ख्याति प्राप्त अन्तराष्ट्रिय प्रतियोगिता मिस हेरिटेज ग्लोबलको ग्राण्ड फिनालेमा दरिलो रुपमा उभ्याउनका लागि विभिन्न खालका तालिममार्फत आफूलाई तयारी गर्दै आएकी छिन्।
मिस हेरिटेज ग्लोबल नेपाल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पु¥याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ। मिस हेरिटेज ग्लोबल नेपालले विभिन्न कार्यक्रममार्फत सांस्कृतिक संरक्षण, सामाजिक उत्तरदायित्त्व र महिला सशक्तीकरणलाई बढावा दिँदै आईरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार