कतै नभएको छाडापन नेपालमा आयो, सांस्कृतिक पतनले युट्युब हेर्न पनि एकान्तमा जानु पर्छः ओली
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १६:५९:५५
१७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छाडा संस्कृति मौलाएको बताएका छन् । उनले देशका सबै कुरा विग्रदा चाँडो सुधार गर्न सकिने भएपनि संस्कृति बिग्रिएमा पुस्तौँसम्म सुधार्न नसकिने बताएका छन् । सुनै सुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको प्रति उनले गुनासो गरेका छन् ।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एकपटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको बताए । औँठी लगाउने रूचिसमेत नभएको मान्छेलाई जिउ भरि सुनै सुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झूटको खेती गरेको भन्दै उनले आपत्तिसमेत जनाए ।
गत साता प्रतिनिधिसभामा पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा प्रश्न उठेपछि अध्यक्ष ओलीको शरीरभर सुनले भरिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । बुधबारको कार्यक्रममा ओलीले उक्त तस्विरप्रति लक्षित गर्दै नेपाली समाज गलत दिशामा उन्मुख भएको टिप्पणी गरेका थिए ।
उनले त्यो सत्यलाई बंग्याएर आफ्नो सुनै सुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए । आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए ।
इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै उनले त्यसबाट जोगाउनका लागि चेतनाको बिगुल फुक्न पनि कलाकारहरूलाई आह्वान गरे । ओलीले समाजमा नकारात्मक सोच फैलिएको र पतनोन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे । दुनियाँलाई नै सभ्यता र संस्कृतिको पाठ सिकाउने समाज पछिल्लो समय विकृतितर्फ भासिँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
उनले भने, ‘अहिले युट्युब हेर्न सकिँदैन । एकान्तमा जानु पर्ने हुन्छ । हामी सभ्य समाजमा छौं कि विकृतितर्फ भासिँदै गएको समाजमा छौं ? अचम्म लाग्दैछ । यही देशबाट सभ्यता र संस्कृतिको सुरुवात भयो, त्यो देश त्यो भूमिमा जसको पुर्खाले दुनियाँमा सभ्यता भन्ने चिजको सुरुवात गरे, संस्कृति भन्ने चिजको सुरुवात गरे, सामाजिक प्रबन्ध भन्ने चिजको सुरुवात गरे, उत्कृष्ट मानवीय भावनाहरुको सुरुवात गरे । अहिले दुनियाँमा कतै नभएको छाडापन यहीँ देखिएको छ ।’
समाज र संस्कृति बिग्रिँदा त्यसलाई सुधार्न निकै मुस्किल हुने भन्दै ओलीले नेपाली समाज बिग्रिएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भनेका छन्, ’राजनीति बिग्रियो भने १–२ वटा चुनावमा शिक्षा लिएर सही बनाउन सकिन्छ । अर्थतन्त्र बिग्रियो भने १–२ वर्षको बजेटबाट पञ्चवर्षीय योजनाबाट सुधार्न सकिन्छ । देशको संस्कृति बिग्रियो भने, सांस्कृतिक पतन भयो भने त्यो उठाउनका लागि पुस्तौंसम्म लाग्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार