रेशम चौधरीको आममाफीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १७:३८:४८
१७ जेठ, काठमाडौं । टिकापुर घटनामा जन्मकैद सजाय काटिरहेका अवस्थाबीच सरकारबाट बाँकी सजायमा माफी भई रिहा भएका कैलालीका रेशमलाल चौधरीलाई थुनामै राख्नुपर्ने भन्दै पीडित शारदा कडायत बोहराले दायर गराएको मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ राखेको छ ।
मंगलबार दायर मुद्दामा बुधबार सुनुवाइका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको थियो । इजलासमा १५ नम्बरमा परेको पेसी हेर्न नभ्याएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कैलालीको टिकापुरमा २०७२ भदौ ७ मा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, ईन्स्पेक्टर केशब बोहरासहित ७ प्रहरी र नाबालक (२ वर्षीय) टेकबहादुर साउदसहित ८ जनाको ज्यान गएको घटना मुख्य योजनाका रुपमा जिल्ला, उच्च र सर्वोच्च अदालतबा दोषी ठहर भई डिल्लीबजार कारागारमा जन्मकैद (२५ वर्ष)सजाय काटिरहेका चौधरी यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले बाँकी सजाय मिनाह गरिदिएको थियो । माफीपछि सोमबार नै रिहा भएका थिए । हाल उनी गृहजिल्ला कैलालीमा छन् ।
सरकाले चौधरीलाई कानूनविपरीत सजायमा आममाफी दिएको भन्दै थुनामै राख्नुपर्ने माग दाबीसहित घटनाका मारिएका इन्स्पेक्टर बोहरापत्नी शारदाले मुद्दा दिएकी हुन् । टिकापुर घटनामा चौधरीसहित २४ जना दोषी भएका थिए । तिमध्ये चौधरीसहित ४ जनालाई जन्मकैद र बाँकीलाई फरकफरक कैद सजाय तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार