नेपालमा आएर सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १२:२४:१३
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेको छन् । उनले नेपालमा सूचना प्रविधीको क्षेत्रमा लगानी आवश्यक रहेको र यसका लागि सरकारले उचित सहयोग गर्ने बताएका एका छन् ।
भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले टाटा कम्पनीजस्तै नेपालमा कम्पनी खेलेर सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । उनले टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिने बताए ।
प्रचण्डले व्यवसायीलाई लगानी गर्दा त्यसका लागि आवश्यक सबै क्षेत्रमा नेपाल सरकारले सहजीकरण गरिदिने भन्दै सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपिएको र नेपालमा पनि यसको ठूलो सम्भावना रहेकबो बताए । सोही क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे नेपालको आइटी सेक्टरमा पर्याप्त जनशक्ति रहेका भन्दै उनले लगानी गर्न आउने लगानीकर्तालाई नेपालले स्वागत गर्ने बताए ।
भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ । उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन् । इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशस्थित इन्दोर पुगेर त्यसको अवलोकन गरेका हुन् । उनी आज काठमाडौँ फर्कंने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार