काफल बेच्दै, कापी किन्दै
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १२:२५:५३
२१ जेठ, सिन्धुपाल्चोक । साना साना डालो, डालोभरि पाकेका राता काफल बोकेर करिब ५ घण्टाको पैदल हिँडेर सदरमुकाम झर्ने गर्छिन् डोल्मा तामाङ । उमेरको गणितले भर्खर ११ वर्ष लाग्दै गरेकी तामाङ वैशाख लागेयता यसरी नै हरेक शनिबार काफल बेच्न सदरमुकाम चौतारा धाउने गर्छिन् ।
डालोको काफल बेच्दै उनी चौतारा अस्पतालदेखि पुरानो बजारसम्म पुग्ने गर्छिन् । काफल बेचेर आएको पैसालाई उनले सदरमुकाम चौतारामा नै कापी कलम किन्छिन् र खुशी हुँदै घर फर्कन्छिन् ।
१२ वर्षीय काजी तामाङको शनिबारे बसिवियाँलो पनि डोल्माको जस्तै छ । उनी पनि डोलोभरि काफल बोकेर यसरी नै हरेक शनिबार सदरमुकाम झर्ने गर्छन् र काफल बेचेको पैसाले त्यसरी नै कापी कलम बोकेर माथि लेक आफ्नो घर सेलाङ फर्कन्छन् ।
काफल पाक्ने मौसम सुरु भएपछि यसरी नै जिल्लाका विकट गाउँपालिका जुगल, सेलाङका विद्यार्थी बालबालिकाहरु कापी कलमको जोह गर्न काफल बोकेर लस्करै सदरमुकाम चौतारा झर्ने गर्छन् ।
‘घरमा दुख छ हामीलाई पढ्ने मन छ तर कापि कलम नहुँदा राम्ररी पढ्न पाउँदैनौं, तामाङले दुखेसो पोखे, ‘के गर्नु बुबाआमाको राम्रो कमाई छैन।’ हुन पनि तामाङको बुबाआमाको भरपर्दाे आम्दानीको स्रोत छैन पनि । खेतीपातीमा निर्भर उनीहरुलाई त्यसको आम्दानीबाट ६ महिना खान पनि पुग्दैन । त्यसैले पनि सेलाङ र सिम्पालकाभ्रेका बालबालिकाहरु अरु दिन विद्यालय जाने र शनिबार काफल बेच्न बजार झर्ने गर्दछन् ।
त्यसो त उनीहरुलाई काफल बेच्न अरु बार पनि सदरमुकाम झर्न मन छ । तर, विद्यालय छोडर काफल बोकेर हिँड्नु राम्रो नभएको डोल्मा तामाङ बताउँछिन् । ‘अरु बार त स्कूल जान परिहाल्यो नि,’ उनले भनिन् । सेलाङबाट चौतारा र चौताराबाट सेलाङ नियमित बस पनि सञ्चालन हुँदै आएको छ । तर, काफल बेचर आएको पैसा बसभाडा तिरेरै सकिने डरले उनीहरु ४ घण्टा पैदल नै आवतजावत गर्ने गर्छन् । १३ वर्षिया म्हीनु तामाङ काफल बेचर आएको पैसाले कापी कलम किन्नु पर्ने भएकोले बस नचढेको बताउँछिन् ।
सरकारले मावि तहसम्मको शिक्षालाई निःशुल्क त बनाएको छ । तर, फेरि पनि शैक्षिक सामाग्रीको जोहो गर्न नसक्दा कतिपय बालबालिकाहरु विद्यालय छाड्ने गर्छन् भने कतिपय आफैँ श्रम गर्न विवश छन् । शिक्षासँगै मनोरञ्जन पनि बालबालिकाको अधिकार हो । तर, जिल्लाका विकट एवम् ग्रामीण क्षेत्रका बालबालिकाहरु मनोरञ्जनमा समय व्यतित गर्नु पर्ने विदाको दिनमा पनि कापीकलमको जोह गर्न मनोरञ्जनको साटो श्रम गर्न बाध्य छन् । निःशुल्क शिक्षासँगै सरकार वा सरोकार निकायले निःशुल्क शैक्षिक सामाग्री पनि विद्यार्थीहरुलाई उपलव्ध गराउने हो भने यसरी कलिलो उमेरमा काफल बेच्नु पर्ने बाध्यता कुनै पनि बालबालिकामाथि आइपर्ने थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
असोज २०, २०८१ आइतबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार