भदौ १४ मा रामप्रसादको गणपति
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १५:४४:४७
३२ जेठ, काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ । लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् ।
चलचित्रमा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु,कालु रानालगायतले अभिनय गरेका छन् । बिज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन् । अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो ।
‘गणपति’ अत्यन्तै राम्रो भएकाले आफू यो चलचित्रमा जोडिएको प्रस्तुतकर्ता रामप्रसाद रिजालले जानकारी दिएका छन् । ‘म निरन्तर फिल्म निर्माणमा छु । सरर ‘गणपति’ हेरें, मन छोयो । त्यसकारण अघि बढें’, यसअघि ‘वान डे’, ‘कसम’,‘धुँवा यो नशा’,‘कायरा’ र ‘डिसेम्बर फल्स’ निर्माण गरिसकेका रामप्रसाद भन्छन्,‘‘गणपति’ ले दर्शकमाझ एउटा नौलो आयाम प्रस्तुत गर्नेमा म बिश्वस्त छु ।’ भगवान र मान्छेबीचको अन्तरसम्बन्ध र अन्तरको कथा भन्ने चलचित्रको फस्र्टलुकले दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ ।
‘बुलबुल’ र ‘झिंगेदाउ’ को सफलतापछि आफ्नो तेश्रो चलचित्र स्वरुप ‘गणपति’ दर्शकमाझ आउन लागेकोमा अभिनेता मुकुन निकै उत्साहीत छन् । उनले ‘गणपति’ आफ्नो लागि बिशेष भएको बताउदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार