कर्णाली सरकारको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठ)
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १७:१३:१
सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रस्तुत गरेका हुन् ।
यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ । कर्णालीको बजेटमा यस्ता छन् शहरी विकासका योजना
कर्णाली प्रदेशका सबै मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा शहरी विकास योजनालाई समेटिएको हो । बजेटमा विपन्नको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
वातावरण अनुकुल, अपाङ्गमैत्री भवन निर्माणका लागि कानून तथा मापदण्ड तर्जुमा गर्न आवश्यक रकम बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए । जलवायु परिवर्तनबाट हुने विपदलाई कार्यान्वयन गर्दै हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकिकृत वस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
साथै, डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम संचालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको छ भने हुम्लाको सिमिकोट पूर्वाधार विकास गरी नमूना एकिकृत पूर्वाधार विकासका लागि १८ करोड रुपैँया विनियोजन गरिएको छ । जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
साथै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका लागि १० अर्व ११ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री बेदराज सिहंले शुक्रबार प्रदेश सभामामा आर्थिक वर्ष ०८०र०८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार