झडपमा ८ प्रहरीसहित १५ जनाको मृत्यु
इन्द्र रिजाल
चैत २८, २०७५ बिहिबार २०:३२:७
काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा ८ जना प्रहरी र ७ जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताए ।
यस झडपमा कम्तीमा दश सुुरक्षाकर्मी र छ जना विद्रोही घाइते भएका छन् । चाद्र्रा जिल्लाको ठूलो भागमा कब्जा गरेर बसेका तालिबान लडाकू समूहले भने यस झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
सन् २०१४ को अन्त्यमा नेटोले अफगान युद्धमा प्रत्यक्ष सहभागी नहुने घोषणा गरेलगत्तै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबलको हातमा आएको थियो ।
अफगान सुरक्षा अधिकारीहरुले सन् २०१५ को जनवरी १ बाट सम्पूर्ण सुरक्षाको जिम्मा आफ्नो काँधको लिएपछि सो समयदेखि हालसम्म अफगान सुरक्षा अधिकारीको हताहतको सङ्ख्या बढेको छ ।
गृहयुद्धमा रहेको अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट समूहहरुले सुरक्षा र सरकार समर्थक अधिकारी लक्षित बारम्बार आक्रमण गर्दै आएका छन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपश्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ
माघ २१, २०८१ सोमबार
सिरियाका नवनियुक्त राष्ट्रपति साउदी अरबको ऐतिहासिक भ्रमणमा
माघ २१, २०८१ सोमबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार