छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १५:४४:३०
♦ खड्क सुनार
११ असार, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रूपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको नगर सभाको बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०/०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रूपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ७७ करोड ६६ लाख थियो । नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँडमा १० करोड ५८ लाख २१ हजार, संघीय ससर्त अनुदान चालुतर्फ २५ करोड ९५ लाख रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । उनका अनुसार संघीय सरकार समानीकरण अनुदान ११ करोड ७२ लाख, संघीय सरकार विशेष अनुदानमा २ करोड ३० लाख र संघिय समपुरक अनुदान २ करोड २० लाख रकम सार्वजानिक गरिएको छ ।
प्रदेश सरकार राजस्व बाँडफाँडमा १४ लाख २८ हजार ४ सय ७२ , प्रदेश समानीकरण १ करोड ४२ लाख १४ हजार , प्रदेश सशर्त अनुदान ४ करोड ६७ लाख ६८ हजार र आन्तरिक राजस्व आम्दानी १ करोड ७० लाख रकम रहेको भामको भनाई छ ।
बजेटमा दलित समुदायका ज्येष्ठ नागरिकहरूका लागि छुट्टै वृद्धाश्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको थियो । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरू छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरूलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार