सोरुमा सिटामोलसहित औषधिको चरम अभाव
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १६:३४:२२
♦ खड्क सुनार
१४ असार, मुगु । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका मातहातका स्वास्थ्य चौकीहरूमा सामान्य औषधि सिटामोलसमेत पाउन मुस्किल भएको छ । पालिकाका खनाया स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी, भिई, नाथर्प, बुम्चलगायत स्वास्थ्य चौकीहरुमा सिटामोलसहित औषधिको चरम अभाव देखिएको हो ।
गाउँपालिकामा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र, चार वटा सामुदायि स्वास्थ्य र तीनवटा इकाई रहेका छन् । पछिल्लो समय यी स्वास्थ्य चौकीहरूमा औषधि मुस्किलले पाउने गरेको छ । उपचार गर्न आएका बिरामीलाई एक चक्की सिटामोलसमेत पाउन गाह्रो अवस्था छ । स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतका अनुसार अहिले सामान्य सिटामोल पनि पाउनै गाह्रो भएको बताए ।
उनका अनुसार जिल्लामा सञ्चालित एक गैरसरकारी संस्था फेज नेपालले केही रुपमा औषधि सहयोग गरेको बताए । पछिल्लो समय स्वास्थ्य चौकीमा दैनिक २० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेका छन् । तर, उनीहरू औषधि नपाई घर फर्किन बाध्य भएका छन् ।
उक्त स्वास्थ्य चौकीमा उपचार गर्न सिप, जिमा, गिलाहा बुम्च गाउँका बिरामीहरू आउने गरेका छन् । ‘न त पालिकाले औषधि दिन्छ, न त जिल्ला स्वास्थ्यबाट नै आउँछ,’ उनले भने ।
औषधिको लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा औषधिको माग फारम पेस गर्दै हैरान भएको स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतले बताए । स्वास्थ्य चौकीमा ९८ प्रकारको औषधि हुनुपर्नेमा १० किसिमको औषधि पनि पाउनै मुस्किल भएको छ । यता सोरु गाउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार माग फारमका आधारमा औषधि उपलब्ध गराउने नियम रहेको बताए ।
पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउने र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । दुई चार दिनभित्रै औषधि नभएका स्वास्थ्य केन्द्रमा औषधि पठाइने सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरेको औषधि पठाइने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार