गर्मीमा क्यानोनिङको मज्जा [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार १३:४५:४६
•मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१६ असार, काठमाडौं । गर्मी बढेसँगै गर्मी छल्न मानिसहरु पानीसँग खेल्न एकदमै मन पराउछ्न । र्याफ्टिङ्ग, पौडी खेल्न, क्यानोनिङ गर्न मान्छेहरुको भिड लाग्छ यसैगरि यी मध्य क्यानोनिङको ट्रेन्डले बिस्तारै नेपालमा स्थान पाउन थालेको छ ।
नुवाकोटको ककनी गाउँपालिका– ४ स्थित फुङफुङ्गे झरनामा असार १० गते आइतबारबाट क्यानोनिङ मेला सुरु भएको छ । यो झरनामा असार ३ देखि १० गतेसम्म स्थानिय लगायत पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकहरुका २५ जना युवा–युवतीहरुले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन ।
नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह–आयोजनामा कार्यक्रम सोही तालिम सुरु भएको छ । काठमाडौंदेखि करिव २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तब्य हो ।
ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा वाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यान्यनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताए । सहासिक खेल मन पराउनेहरुलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी , जलजले, लौके, सनछहरे, ठुल छहरे , महभिर लगायतका झरनाहरुमा हप्तौदिनसम्म क्यानिङको मज्जा लिन सकिने उनले बताए ।
पछिल्लो समय ककनी साहसिक पर्यटकीय गन्तब्यको केन्द्रको रुपमा विकासीत हुदै गएका छन् । यहाँ लोकल उत्पादन जस्तै ट्राउट् माछा, स्ट्रवेरी, हरियो सागसब्जी प्रशस्त उब्जनी हुन्छ । पर्यटकहरुले स्थानिय लोकल परिकार सेवन गर्दै अन्नपुर्ण, मनास्लु, गणेश हिमाल, लाङताङ, जुगल, दोर्जेलाक्पा लगायत दर्जनौ हिमालको अवलोकन पनि गर्न सक्छन।क्यानोनिङ एक साहाशिक खेल ’ एड्भेन्चर स्पोर्टस’ हो, जसलाई तालिम प्राप्त अनुभवि व्यवसायीक गाइड र उपुयुक्त सुरक्षित उपकरणहरुको आवश्यक पर्दछ ।
के हो क्यानोनिङ ?
क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ झुन्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिदै खेलिने साहसिक खेल हो । यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ । नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ ।
क्यानोनिङ गर्दा आँट, दिमाग र धैर्यता चाहिन्छ जसको लागि विशेष पोशाक र जुत्ता लगाइन्छ । हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गर्दछ । फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ । खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिज्दै रमाईलो गर्न क्यानोनर आफैंले ब्रेक लगाउन सक्छ ।
क्यानोनिङ गर्नु अघि गाइडहरूद्वारा कसरी खेल्ने भनेर सिकाउ छन । जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, सुरुमा केहि डर हुन्छ , विस्तारै आत्मविश्वास बढ्छ । रोमाञ्च अनुभूति मिल्दछ । फेदमा पुगेपछि सफलता हासिल गरेकोले चरम आनन्दको महसुस हुन्छ । नेपाल क्यानोनिङ एसोसिएसन (एनसिए)का अध्यक्ष राजेन्द्र लामाका अनुसार अमेरिका , युरोप र एसियाका विभिन्न देशमा यो खेललाई ’एडभेन्चर हिलिङ ’ का रुपमा प्रवर्द्धन गरिएको छ । ’ क्यानोनिङले तनावबाट मुक्ति, आत्मविश्वास बढाउँछ र पानीको बहावले आनन्द मिल्छ ।’
एनसिएले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ । काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लमजुङको मर्स्याङ्दी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकका भोटेकोसी, धनकुटाको नमस्ते झरना, चितवनको जलजले, ओखलढुंगाको पकवली , धादिङको थाक्रे, लगायतका झरनाहरूमा सम्भाव्यता अध्ययन गरिसकेको छ। त्यस बाहेक स्याङ्जा, पर्वत , मनाङ, र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको उनी बताउछन ।
झरनैझरना देश नेपालमा क्यानोनिङ ’छाँगावरोहण’ खेलको प्रचुर सम्भावना रहेको लामा बताउछन । क्यानोनिङको विकास गर्न सके नेपालको गाउँगाउँमा पर्यटनको माध्यमद्वारा युवाहरूलाई रोजगार प्रदान गरी मनग्गे आम्दानी गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार
माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
मंसिर १९, २०८१ बुधबार