नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:२७:३५
१९ असार, काठमाडौं । नेकपा एमालेबाट दुई वर्ष अघि विभाजित भई बनेको नेकपा एसभित्र विवाद चुलिँदै जाँदा विशेष महाधिवेशनको माग उठेको छ । एमालेका वरिष्ठ नेता झलनाथ खनाल तथा उनीसँग निकट रहेका नेताहरू असन्तुष्ट देखिँदा विशेष महाधिवेशनको माग उठेको हो । विगतमा एमालेमा हुँदा एक पद एक व्यक्तिको अवधारणा अघि सारेका माधव नेपालले संसदीय दलको नेता र पार्टी अध्यक्ष दुवै पद आफैले राखेपछि पार्टी अध्यक्षको जिम्मेवारी खनालले पाउनुपर्ने माग पनि उठ्न थालेको हो ।
त्यस्तै विगतमा पार्टी अध्यक्ष माधव नेपाललाई साथ दिँदै आएका युवा नेताहरू पनि असन्तुष्ट देखिएका छन् । त्यति मात्र होइन सांसदहरु समेत विभाजित भएका छन् । अहिले माधव नेपाललाई चार सांसदले मात्रै साथ दिइरहेका छन् ।
राजेन्द्र पाण्डे, मेटमणी चौधरी र प्रकाश ज्वालाले मात्र उनलाई साथ दिइरहेका छन् । स्रोतका अनुसार प्रेम आले संसदीय दलको बैठकमा जानै छाडेका छन् । अन्य सांसदहरुले पनि नेपालको भनाईलाई विश्वास गर्न छाडेका छन् । किसान श्रेष्ठले धेरै अघिबाट एमालेमा एकीकरण गर्ने प्रस्ताव गरेकै थिए । उनकै पहलमा र उनकै वालुवाटारस्थित घरमा पटक पटक केपी ओली र माधव नेपालको भेटघाट समेत गराएका थिए ।
विगतमा माधव नेपाललाई बलियो साथ दिँदै आएका राजेन्द्र राई, रामकुमारी झाँक्री मौन रहेका छन् । झाँक्रीले पार्टीभित्र आफ्ना धारणा नराखेको त महिनौं भैसक्यो । उनी पार्टी कार्यालय पनि आक्कलझुक्कल जाने गरेकी छिन् । उनले एमाले नेताहरूसँग सम्पर्क सम्बन्ध पनि बढाएकी छिन् । पछिल्लो पटक महासचिव बन्न पुगेका घनश्याम भूसाल पनि त्यति सन्तुष्ट देखिएका छनन् । डोल्पाबाट निर्वाचित धनबहादुर दैलेख–१ बाट अम्मरबहादुर थापा ,अछामका शेरबहादुर कुँवर, बझाङबाट भानुभक्त जोशी अहिले मौन रहेका छन् । उनीहरूले एमाले प्रवेशको मौका हेरिरहेका छन् । सांसद पद नभएको भए उनीहरू यति बेला एमालेमा जाने संभावना रहेको पार्टी निकट स्रोतले भन्यो । ‘उहाँहरू पार्टी एकताको पर्खाइमै हुनुहुन्छ’, एस पार्टीका एक नेताले भने ।
प्रदेश १ मा मुख्यमन्त्रीको समेत दावी गरिरहेका राजेन्द्र राईलाई अध्यक्ष नेपालले मुख्यमन्त्री बनाउन पहल नगरेपछि उनीपनि असन्तुष्ट देखिएका छन् । उनले त्यसको जानकारी प्रदेश सभामा सम्बोधनकै क्रममा खुलासा गरेका थिए । ‘ हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ, त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन, सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ, त्यही पार्टीकै झण्डा उठाएर उ बेला ढुंगामुढा गरेको देखिन्छ, त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन, बरु बेहुलीले घर छाड्दा अहिले रुने चिच्याउने, चित्त दुखाउने गर्दैनन्, त्यो पार्टी छाड्न मनै थिएन, हामीलाई निकालेर, पिना पनि पेलेर तेल निकाल्न खोजेको हो, अहिले पनि यो सरकार आइसकेपछि हाम्रा नियुक्ति कानुनविपरित ढंगले धमाधम हटायो, अदालतले फिर्ता बोलायो, यहाँ ४ जना छौं बाटो हिँड्दा पनि बाटो छेकेर गमक्क परेर बाटो छेकौँला जस्तो व्यवहार छ, हामी फेरि पनि मिल्ने भन्ने सम्मका कुरा आउँछ। अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं’, उनले भनेका थिए । उनी कुनै समय एमाले विद्यार्थी संगठनको शक्तिशाली अध्यक्ष थिए ।
माधव नेपालको सचिवालयमा लामो समय काम गरेका उनले पार्टीको राजनीतिक वैचारिक मामिलामा सहयोग पुर्याउँदै आएका थिए । उनले दुई दिन अघि एमालेमा रहेका केन्द्रीय सदस्यहरू कर्ण थापा र यज्ञराज सुनुवारसँग भेटघाट गरी पार्टीको पछिल्लो वस्तुस्थितिको बारेमा छलफल समेत गरेका थिए । उनीपनि माधव नेपालको पछिल्लो गतिविधिबाट सन्तुष्ट देखिएका छैनन् ।
पार्टी सचिव झाँक्रीमाथि विद्यार्थी संगठनका नेताहरूले सामाजिक सञ्जालमै आलोचना गर्ने गरेका छन् । यसै गरी एस पार्टीसँग आबद्ध रहेका जनवर्गीय संगठनभित्र पनि विवाद रहेको छ । अनेरास्ववियू, युवा संघ र प्रेस संगठनमा विवाद रहेको छ । युवा संघ र अनेरास्ववियुमा भने दुई धार रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार