सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १७:३४:१६
काठमाडौं । उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा आजदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताए । “साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ, यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ”, उनले भने।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न आग्रह गरे। “सकडकलाई मायाँ गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ”, उनले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए। “सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ”, उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको समग्र यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई व्यवस्थित गर्नु जरुरी छ”, उनले भने ।
ग्राण्डी अस्पतालका अध्यक्ष दीपक कुँवर, हेराल्ड अन्तर्राष्ट्रिय कलेजका प्राचार्य नारायण उपाध्यायलगायतले ट्राफिक जनचेतनासम्बन्धी जानकारी घरघर र टोलटोलमा दिनुपर्नेमा जोड दिए ।
चालू आर्थिक वर्षमा महाराजगञ्ज वृत्तअन्तर्गत ७९२ दुर्घटना हुँदा २६ को मृत्यु हुनुका साथै ५६० घाइते भएकाले उक्त अभियान सञ्चालन गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए।
अभियानमा वृत्तअन्तर्गतका १० कलेज, दुई विद्यालय, २१ क्लब र विभिन्न अस्पतालको सहभागिता रहेको छ । उक्त अभियानअन्तर्गत ११ चोकमा प्रत्येक दिन सवारी जाँच, सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, चालक, सहचालक र यात्रुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रसाईंले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार