गेहेन्द्र धिमाल फाउन्डेसनद्वारा लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:४:११
१९ असार, काठमाडाैं । गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित 'सिलाएका सपनाहरू' थिममा रही 'द प्राइडस् प्यालेट' फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रमले LGBTQIA+ कलाकारहरूलाई उनीहरूको कलाको रूप अभिव्यक्त गर्न र प्रदर्शन गर्नको लागि 'एक्सपोजर' सिर्जना गरेको आयोजक संस्था गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष गौतम धिमालले बताए ।
वर्तमान र भावी पुस्तामा कलालाई पुनर्जीवित गर्ने र कला प्रदर्शन गर्ने महत्त्वपूर्ण कदमको रुपमा जुन २५ देखि जुन ३० तारिकसम्म यो प्रदर्शनी आयोजना भएको थियो । एकता, सामूहिकता, र पहिचानका साथै भेदभाव र हिंसाको प्रतिरोधको रुपमा अंग्रेजी पात्रो अनुसार 'जुन' महिनालाई लैङ्गिक अल्पसंख्यक समुदाय (लेस्बियन, गे, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, र इन्टरसेक्स (LGBTQIA+) ले 'प्राइड मन्थ'को रुपमा मनाउने गरेका बताइएकाे छ ।
लैङ्गिक मापदण्डलाई चुनौती दिनु, हुर्काईमा समानुभूति प्रदान गर्नु, मानसिक स्वास्थ्यलाई ध्यानमा राख्नु लगायतका उद्देश्य सहित यो प्रोजेक्ट आयोजना भएको फाउन्डेसनका अध्यक्ष धिमालले बताए । यो प्रदर्शनीमा दुई कलाकारहरु डिजाइनर एलिज घिमिरे र अदिति शेर्पा डिजिटल कलाकारका कला प्रदर्शनी भएका थिए ।
पहिलो पटक आयोजना भएको 'सिलाएका सपना'मा क्वियर कलाकारले लैङ्गिक तरलता र लैङ्गिक डिसफोरियामा आधारित आफ्नो संग्रह प्रदर्शन गरेका छन् । यो प्रदर्शनी आफ्नो किसिमको पहिलो मात्र नभई कलाकार मात्र नभएर सिंगो समूदायको आन्दोलन, इतिहास, उपलब्धि पनि भएको जनाईएको छ ।
यो प्रदर्शनीमा नेपालका लागि अमेरिकी राजदुतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट ई. विल्करसन साथै नेपाली प्रसिद्ध कलाकारहरूको उपस्थिति रहेको थियो भने लैङ्गिक अल्पसंख्यक समुदायका विभिन्न व्यक्तिहरु लगायत सयौँको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन् “चौकाभन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक
मंसिर १९, २०८१ बुधबार
धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार