युवापुस्ताको कथा र व्यथामा बनेको नाटक [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:५३:१२
♦ मनिष अर्याल
२० असार, काठमाडौं । कौशी थिएटरमा अहिले युवापुस्ताको कथा र व्यथामा बनेको नाटक मञ्चन भइरहेको छ । एक हुल युवाहरू आफ्नो जीवनीको फ्रस्टेटन, नाच र सङ्गित मार्फत दर्शकको मन जितिरहेका छन् ।
हुन त त्यो नाटकको कथा हामीहरुसङ्गै जोडिन आउँछ अझ बढि युवा पुस्ता सङ्ग जोडिएको छ । नाटक सुरु हुन्छ एक हुल युवा देशमा के गर्ने भनेर कसैको के कुरा कसैको के कुरा सबैको कुरा मिलाउँदा सङ्क्षिप्तमा फ्रस्टेसन र बेरोजगारी सङ्ग जोडिन्छ । सबैको आफ्नो आफ्नो सोच हुन्छ, आफ्नो आफ्नो बाटो हुन्छ तर कोही कतै सफल भएको देखिँदैन ।
नाटक नाच र सङ्गीतले अझ सुनमा सुगन्ध दिएको छ । बिहान उठेर नित्य कर्म गरेर सबै आफ्नो आफ्नो गन्तव्यमा लागेको देखिन्छ , काठमाडौं कै कथा सङ्ग जोडेर युवाको अवस्था दैनिकी र पिडा देखाइएको छ । कसैको दिन लाइनमा बित्छ, कसैको चुरोट खाएर, कसैको कुरा काटेर त कसैको जागिर खोज्दा खोज्दा । हो यस्तै कथाहरू जोडेर लेट्स अभिनय गरौँ सिर्जना भएको निर्देशक तथा रङ्गकर्मी सुदाम सिके बताउँछन् ।
कौशीका युवाहरू पनि नाटक नै हाम्रो वास्तविकता हो हामीले नाटकलाई देखाएको मात्र हो तर हामी पनि यही जीवन नै चल्ने हो बताउँछन् कलाकारहरू । नाटकलाई मन पराएर दोहोरिएर हेर्न आएको पनि पायौ भन्छिन् कलाकार बिनिता लामा गुरुङ ।
कौशी थिएटरमा मञ्चन भएको यो नाटक असार ६ गतेदेखि १७ गतेसम्म देखाइएकोलाइ दर्शकको अझ माग भएर थप ६ वटा शो मञ्चन गरिने निर्देशक सुदाम सिके बताउँछन् । थप हेर्न र बुझ्न कौशीमै गएर आफ्नो कथा सङ्ग जोडिएको बेथा पीडा सुख सबै समेटिने गरिको समय छुट्याउनु पर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार