प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले अवरुद्ध गरेपछि राष्ट्रियसभाको बैठक भोलीसम्म स्थगित
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १३:३१:५६
२१ असार, काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेकपा एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सार्वजकि रुपमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)ले राष्ट्रियसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।
हिजो बुधबारको बैठकमा पनि सुरु भएलगत्तै उठेर सांसदहरुले बैठक चल्न दिएका थिएनन् । एक जनामात्रै सदस्य उठेपनि बैठक चल्न नसक्ने संसद संचालन नियमावली रहेको छ ।
सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक संचालनका लागि बस्न पटकपटक आग्रह गरेपनि नमानेपछि बैठक असार २२ गते बिहान १२ बजे १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलोपटक ट्रक भित्र्याउने भारतीय नागरिक सरदार प्रितम सिंहको जीवनीमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक नयाँदिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । यसपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ । एमालेले बुधबार प्रतिनिधिसभाको बैठक पनि चल्न दिएन । राजीनामा नआएसम्म चल्न नदिने अडान एमालेको छ ।
यसैबीच बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले एमालेले अनावश्यक रुपमा विषयलाई बंग्याएर राजीनामा माग गरेको र प्रधानमन्त्रीले जवाफ दिएर सदन चलाउन पहल गर्ने र राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । एमालेले व्यवस्थालाई डिरेल बनाउने खोजेको भन्दै गठबन्धनका सांसदहरु प्रतिवादको तयारीमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार