मुगुमा लागुऔषधविरुद्ध अभियान सञ्चालनमा
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार १६:२१:३९
♦ खड्क सुनार
२२ असार, मुगु । मुगुका जनप्रतिनिधि र युवाहरु लागुऔषध, धुम्रपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् ।
पछिल्लो समय छिमेकी जिल्लासहित मुगुका युवालाई लागुऔषधका बारेमा सचेत गराउने, तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागुऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागुऔषध, धुम्रपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेका हुन ।
छाँयानाथ रारा नगरपालिका–१ देखि ७ वडासम्म लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाइरहेको जनाइएको छ । छाँयानाथ रारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसनीबाट धनजनको क्षति नगर्न र नगराउन आफ्ना छोराछोरीहरुलाई कुलतमा फस्न नदिन भन्दै शुक्रबार सरोकारवालासँग अन्तरक्रिया गर्दै सुझाव मागेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।
प्रहरीको सहायतामा लागुऔषधसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको अभियानमा जुटेका युवा नरेश भामले बताए । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले लागुऔषधविरुद्धको अभियान सुरु गरिएको बताए । उनले नगरपालिका भित्र र जिल्लाका कुनै पनि नागरिक लागुऔषधको दुर्व्यसनीमा लाग्न हुन्न भन्ने सन्देश फैलाउन सचेतनामुलक कार्यक्रम गरिरहेको बताए ।
उनले कुलतमा लागेका युवालाई सुधार गर्न नगरपालिकाले सुधार गृह पनि चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । सुधार गृह भवनको लागि नगरसभाबाट आवश्यक बजेट विनियोजन भइसकेको उनले बताए । नगरपालिकाका वडा नं १ देखि ७ वडा सम्मका युवालाई गाउँमै पुगेर लागुऔषध दुर्व्यसनीका बारेमा प्रशिक्षण दिइएको थियो भने शुक्रबार जिल्लाका सरोकारवालासँग सुझाव पनि मागिएको छ ।
कार्यक्रममा लागुऔषधको कारोबार, सेवनले हुने हानी नोक्सानीका विषयमा अवगत गराइएको थियो । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले लागुऔषधविरुद्धको अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार