बगानको टिम मोफसल भ्रमणमा
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १२:२८:४६
२४ असार, काठमाडौं । असार २९ गतेबाट प्रदर्शन हुने फिल्म 'बगान' को टिम मोफसल भ्रमणमा रहेको छ । चितवनबाट सुरु भएको भ्रमण अन्तर्गत बुटवलमा सकेर आज पोखरामा पत्रकार सम्मेलन गरिने निर्माता तथा गीतकार सुरेश वाग्लेले जानकारी दिए ।
'दर्शक र मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उदेश्यले प्रदर्शनकै सातामा समेत मोफसल भ्रमण गरेका हौँ । हाम्रो सार्वजनिक सामग्रीलाई लिएर उहाँहरू उत्साहित हुनुहुन्छ । केही समयको अन्तरालमा पूर्ण पारिवारिक फिल्म लिएर आउंदैछौँ', निर्माता वाग्लेले भने ।
भ्रमणमा निर्माता वाग्लेसँगै निर्देशक सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की छन् । डेब्यु अभिनेत्री कार्कीले मोफसल भ्रमण गर्दा भईरहेको साक्षात्कारमा फिल्म सम्बन्धी जानकारी गराईरहेको बताइन । 'हामीले प्रत्यक्ष रुपमै उहाँहरुको जिज्ञाषा मेटाईरहेका छौँ । यो मेरो लागि पहिलो अनुभवसमेत हो', अभिनेत्री कार्कीले भनिन् ।
यस्तै, चितवनमा गरिएको पत्रकार सम्मेलन पश्चात फिल्म टिमले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग भेट गरेको थियो । एकल महिलाको संघर्षसँगै शिक्षाले ल्याउने परिवर्तनलाई देखाईएको फिल्मको बारेमा प्रमुख दाहालले जिज्ञाषा राख्नुभएको निर्माता वाग्लेले बताए । 'प्रमुख दाहालले उठान गरेको विषयको बारेमा जानकारी लिदै यी र यस्तै महिलासँग जोडिएको विषयलाई फिल्ममार्फत समाजमा ल्याउनु पर्ने बताउनुभयो । उहाँ समेत फिल्म हेर्न इच्छुक हुनुहुन्छ', निर्माता वाग्लेले भने ।
'बगान' समुहले एकल आमाले परिचय खुल्ने विवरणका आधार पेस गरेर निस्शुल्क फिल्म हेर्न पाउने घोषणा समेत गरिसकेको छ । यसमा नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी
असोज १८, २०८१ शुक्रबार
एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक
असोज १५, २०८१ मंगलबार
फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज २०, २०८१ आइतबार
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
असोज २०, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज २०, २०८१ आइतबार