राप्रपा नेपालले विस्थापित राजसंस्थाबारे धारणा परिवर्तन गर्ने, सुझाव समिति गठन
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १८:३३:३६
२४ असार, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले विस्थापित राजसंस्थाबारे धारणा परिवर्तन गर्ने भएकाे छ । यसबारे आधिकारिक धारणा बनाउन सुझाव समिति गठन समेत गरेको छ ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्था सम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्राडा बिष्णुबहादुर भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिलाईँ सुझाव सहितको प्रतिवेदन पेश गर्न एक महिनाको समयअवधिसहित अधिकार दिइएको छ । समिति सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय सिमा तोकिएको छ ।
यस्तै बैठकले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्न निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निणर्य समेत गरेको छ ।
साथै बैठकले केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोश्रो हप्ता काठमाडौंमा राख्ने निणर्य गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार