छतमा पशुपक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्दै उमाकुमारी
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १८:२९:०
सुशीला रेग्मी
२६ असार, रामपुर 'पाल्पा' । मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेकी छिन्।
पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीनतला घरमाथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन गरेकाी छिन् । उमाकुमारीले छतमा स्थानीय जातका कुखुरा, कालिज, लौकाट, बट्टाईजस्ता पक्षीपालन गरिरहेकी छिन् । “ठूलो सङ्यामा यो व्यावसाय छतमा सुरु गरेको दुईवर्ष भयो । व्यवसाय गर्ने हो भने जग्गा जमिन नै चाहिदैन, जाँगर र मेहनत भयो भने घरका छत, करेसाबारी सदुपयोग गरेर पनि कमाइ गर्न सकिन्छ” उनले भनिन,“मैले बेझाड बजारको तीन तलामाथिको छतमा पक्षी व्यवसाय र तरकारी खेती गरिरहेको छु, उत्पादन पनि राम्रै भइरहेको छ ।”
हाल उमाकुमारीको घरमा स्थानीय जातको कुखुरा एककिलोदेखि डेढकिलोसम्म चार सयवटा, ठूला एक सयवटा 'चल्ला उत्पादनका लागि, अण्डा दिने', कोइलर कुखुरा चल्ला उत्पादनका लागि ५० वटा, कालिज ठूलो माउ पाँच र साना बच्चा ३०, लौकाट पाँचवटा माउ र चल्ला १५ वटा, बट्टाई तीनवटा माउसहित एक सय ५० रहेको छ ।
स्थानीय जातको कुखुरा प्रतिकिलो रु आठसय, ब्रोइलर कुखुरा प्रतिकिलो रु पाँच सय, कालिज भाले रु दुई हजार पाँच सय र पोथी रु दुई हजार, लौकाट रु एक हजार, बट्टाई रु दुई सयमा बिक्री भइरहेको उनले बताइन् । बजारमै व्यवसाय भएकाले बिक्रीका लागि समस्या नभएको हुँदा पक्षीपालनलाई जोड दिइएको हो । चल्ला उत्पादन गर्ने र बिक्री गर्ने मुख्य उद्देश्य लिएर व्यवसाय थालनी गरिएको उमाकुमारीको भनाइ थियो।
आफ्नै घरमा ह्याचरी मेसिन बाट चल्ला उत्पादन गरी उनले बिक्री गर्दै आएकी छिन् । एक महिनामा चार सय चल्ला बिक्री हुने गरेको छ । स्थानीयस्तरमा नै चल्ला खपत भइरहेको छ । छतमा गरिएको यस व्यवसायबाट वार्षिकरूपमा रु पाँच लाख बराबरको आम्दानी हुँदै आएको छ ।
“घरमै ह्याचरी मेसिन राखेर चल्ला उत्पादन गर्न थालिएपछि धेरै फाइदा हुँदोरहेछ, घरको छतभरी कुखुरा, कालिज, लौकाट, बट्टाईमध्ये कोही बिक्री गर्न लायकका छन् भने केही चल्ला हुर्कदैछन्, केही जन्मने बेला भएका छन्, यो देख्दा धेरै रमाइलो लागिरहेको छ” उमाकुमारीले भनिन ।
ह्याचरी मेसिनबाट चल्ला उत्पादन गर्नुअघि उनले काठमाडौंबाट चल्ला खरिद गरेर व्यवसाय चलाउथिन् । बाहिरबाट चल्ला खरिद गरेर व्यवसाय चलाउँदा खासै फाइदा नभएपछि घरमै ह्याचरी मेसिन ल्याएर चल्ला उत्पादन गरी बिक्री गर्दा धेरै फाइदा हुने गरेको उमाकुमारीको भनाइ थियो। उनले खाली समय सदुपयोग गर्न इन्टरनेटको सहायताबाट अध्ययन गरेर व्यवसाय सुरु गरेको बताइन् ।
यस व्यवसायबाट धेरै सन्तुष्ट रहनुभएकी उमाकुमारीले पक्षीको मल सदुपयोग गर्न घरको आडैमा रहेको रामतुलसी नमुना माविको पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी, धान, मकैलगायत बाली लगाउँदै आएकी छिन् । छतका छेउमा कुरिलो, खुर्सानी खेती पनि छ । चारवर्ष अघिदेखि रामपुरमा उनले पहिलो व्यवसायीका रुपमा एक सयवटा बट्टाईपालन सुरु गरेकी थिइन् । बट्टाईबाट आम्दानी राम्रो हुने सम्भावना देखेपछि छतमा खोर विस्तार गरी कुखुरा, लौकाट, कालिज पनि व्यावसायिकरूपले पाल्न थालिएको उमाकुमारीले बताइन् ।
विसं २०५५ मा रम्भा गाउँपालिका–५ वीरकोटबाट रामपुरको मुख्य बजार बेझाड बजारमा किराना व्यापार गर्न साथमा रु १५ हजार रकम लिएर आएकी उनले अहिले आएर धेरै सफलता हात पारेकी छिन् । आफ्नो मेहनत, जाँगर र सीपले उमाकुमारीले बेझाड बजारमा तीन तलाको घर खरिद गरेकी छिन्, भने तीन छोराछोरीलाई काठमाडौंमा राखेर उचित शिक्षा दिदै आएकी छिन् ।
“श्रीमान् परदेशमा साना बालबच्चा काखमा लिएर आयआर्जन गर्ने अभिलाषा बोकेर रामपुर बजार आएँ, रामपुर आउन परिवार र आफन्तले साथ दिएका थिएनन्। , मेरो जोडबलले केही गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ आएको र अहिले राम्रै गरेजस्तो लाग्छ” उनले सुनाइन् ।
एसएलसी उत्तीर्ण भएकी उमाकुमारीको अहिले रामपुरका विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रियता पनि उत्तिकै छ । रामपुर झरेपछि लामो समयसम्म किराना पसल गरेकी उनी अहिले परदेशमा रहेका श्रीमान् घर फर्केपछि आफ्नै घरमा होटल व्यवसायसमेत चलाएका छन् । आफ्नै कमाइमा रमाउन पाउँदा ज्यादै गर्व लागेको उमाकुमारीले बताइन् ।
उनले पक्षीपालन व्यावसायमा रामपुर नगरपालिकाबाट दुईवर्ष अघि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु दश लाख बराबरको ब्याज अनुदान पाएकी थिइन् ।
नगरपालिकाको व्याज अनुदान कार्यक्रममा छनोट भएपछि उमाकुमारीले रामपुर– ८ मा कुखुरापालन गरिन । सो व्यवसाय घरबाट रेखदेख गर्न जान टाढा भएपछि इन्टरनेटमा पनि घरको छतमा पक्षीपालन गरेको देखेपछि छतमा नै व्यवसाय चलाएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार