‘काजी’ ‘यसपाली अलि ठूलै धमाका हुन्छ : निर्देशन लक्ष्मण
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १२:१:८
२९ असार, काठमाडौं । करिब ६ बर्षको बिश्रामपछि निर्देशक लक्ष्मण रिजालले नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । फिल्मको नाम राखेका छन्–‘काजी’ । सन् २०११–१४को सेटअपमा बेलायतका बिभिन्न स्थानमा खिचिने फिल्म अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गर्न लागीएको भनाइ उनको छ ।
‘वान डे’,‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’ र ‘कायरा’ पछि उनले अर्काे फिल्म निर्देशन गरेका थिएनन् । बरु आफ्नो कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्शनबाट मुम्बइमा कार्यरत प्रबिण झालाई निर्देशक लिएर ‘डिसेम्बर फल्स’ निर्माण गरे । ‘अब बिश्राम पुग्यो मलाई’, ‘काजी’ को स्क्रिप्टिङ र कलाकार अनुबन्धन कार्यमा ब्यस्त भइरहेका निर्देशक लक्ष्मणले भने,‘अब पुनः धमाकाका साथ मैदानमा उत्रदैछु । यसपालि अलि बिशेष गर्दैछु ।’
लागूऔषध दुर्व्यसनको बिषयमा ‘वान डे’ निर्देशन गरेका लक्ष्मणले पहिलो फिल्मबाट वाहवाही पाएका थिए । युवा जोश, जाँगर र सोचमा अलि फरक बिषय उठानमा रुचि राख्ने उनी अन्ततः पूर्ण ब्याबसायिक रुपमा उत्रिए । त्यसपछि जन्मिए–‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’,‘कायरा’ ।
‘कायरा’ बाट ब्याबसायिक सफलता हासिल गरे पनि केही समय निर्देशनबाट बिश्राम लिने मुडमा पुगेका उनी अन्ततः फिल्म नबनाइ बस्न सकेनन् । चरम लकडाउनको त्राहीमै कार्यकारी निर्माता भइ सुरु गरे–‘डिसेम्बर फल्स्’ । दाइ रामप्रसाद रिजालको निर्माणमा बनेको त्यो फिल्मले भने केही लाख घाटा लगाएको उनी स्वीकार्छन् ।
‘‘डिसेम्बर फल्स’ बाट घाटा भयो । तर हामी तिल्मिलाएका छैनांै,’ भन्छन्, ‘म र मेरो दाई रामप्रसादले फिल्म निर्माणलाई ब्याबसायिक रुपले लिएकाले कहिले नाफा त कहिले घाटा हुने कुरालाई अस्वभावीक ठान्दैनौं ।’
०७५ को साउनमा प्रदर्शन भएको ‘कायरा’ पछि अब ०८० मा लक्ष्मण पुनः ‘एक्शन–कट’ मा उत्रदैछन् । सामाजीक कथामा निर्माण हुन लागेको उनको ‘काजी’ भदौ अन्तिमबाट सुटिङ हुने तयारीमा छ । केही दिनअघि मात्रै उनले ‘काजी’ का प्रमुख कलाकारमा कमेडी च्याम्पियनका चर्चित कमेडियनहरु कैलास कार्की र सुमन कार्कीका साथमा बर्षा शिवाकोटी,बुद्धि तामाङ र बिजय बराललाई अनुबन्धित् गरिसकेका छन् । ‘‘काजी’ चाहिँ बाँकी छ,’ उनी भन्छन्,‘‘काजी’ को ‘काजी’ केही दिनभित्रै सार्वजनीक गर्छाैं ।’ उनले घुमाइरो पाराले आफ्नो फिल्मको शीर्ष अभिनेता चयन भइरहेको जनाउ दिए तापनि को हुन् त ती ‘काजी’ ? त्यो भने ‘सस्पेन्सै राखेका छन् ।
‘काजी’ को प्रदर्शन मिति आगामी ०८१ को बैशाख १ गतेलाई तोकिसकिएको छ । ‘काजी’ को बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् । रामप्रसाद रिजालको प्रस्तुति रहने फिल्मको स्क्रिप्ट सविन अधिकारी र असिम काफ्लेले लेखिरहेका छन् । कथा भने बिपीका खनालको हो,‘डिसेम्बर फल्स’ को कथा पनि उनैले लेखेकी थिइन ।
हाल रिजाल ब्रदर आफूहरुले लिएको ‘गणपति’ फिल्म प्रदर्शनको चटारोमा छन् । मुकुन भुसाल र मेनुका प्रधान मुख्य भूमिकामा रहेको ‘गणपति’ १४ भदौमा दर्शकमाझ आउदैछ । ‘‘गणपति’ रिलिज लगतै ‘काजी’ को सुटिङ सुरु हुन्छ । यसपालि अलि ठूलै धमाका हुन्छ,’ आधाभन्दा बढी ‘कायरा’ फिलिपिन्समा खिचेका लक्ष्मण ‘काजी’ पूरै बेलायतमा सिध्याउने योजनामा छन् । दोहोर्याउछन्, ‘यसपाली अलि ठूलै धमाका हुन्छ ।’
०००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार