फिल्म ‘गोर्खा वारियर’ बनाउने मिलनको सपना पुरा हुँदै
प्रचारप्रसारका लागि मिलन पुगे बेलायत
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १५:३५:५६
२ साउन, काठमाडौं । निर्देशक तथा निर्माता मिलन चाम्सको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुँदैछ । गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ बनाउने मिलनको सपना जति पुरानो छ, त्यति नै प्रिमियर गर्ने पनि ।
आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको प्रिमियरमार्फत मिलनको दुई सपना पुरा हुँदैछ । प्रिमियरको तयारीसँगै प्रचारप्रसारका लागि उनि बेलायत पुगेका छन् । ‘यहाँ भेटघाट गर्दै प्रिमियरको विषयमा जानकारी गराउदैछु’,मिलनले भने । उनले गोर्खाली अभिभावकलाई स(परिवार प्रिमियरमा सहभागी हुन् आग्रह गरे । ‘अभिभावकले यो फिल्म आफ्नो सन्तानलाई देखाउनु पर्छ । गोर्खालीको वीरता नयाँ पुस्तासम्म पुग्नु जरुरी छ’, निर्देशक मिलनले भने ।
यस्तै,प्रिमियरमा सहभागी हुन् बेलायतस्थित रेडीङमा रहेका नेपालीले बस नै रिजर्भ गरेका छन् । आफ्नो पुर्खाको गौरवतालाई प्रस्तुत गरिएको कथालाई पहिलोपटक पर्दामा हेर्न उत्साहित रेडीङमा रहेका नेपालीले दुईवटा बस रिजर्भ गरेर प्रिमियरमा सहभागी जनाउनेछन् । उनीहरूले सामाजिक सञ्जालमार्फत यसको जानकारीसमेत गराएका छन् । उक्त दुई बसमा एकसय पचास जनाले सहजै यात्रा गर्न सक्नेछन् । बेलायतमा पहिलोपटक हुँदै गरेको प्रिमियरलाई लिएर विभिन्न योजना बनिरहेको निर्माता तथा निर्देशक चाम्सले बताए ।
‘बेलायतमा रहेका नेपालीहरूले आफ्नो अनुकुलता अनुसार फिल्म हेर्ने योजना बनाईरहनुभएको छ । बस नै रिजर्भ गरेर फिल्म हेर्न आउने संवत बेलायतमा पहिलो नै हो । उहाँहरू गोर्खालीको वीरतालाई सेलिब्रेट गर्न चाहनुहुन्छ’, निर्देशक चाम्सले भने । उनले अन्य क्षेत्रबाट समेत प्रिमियरमा सहभागी हुने सन्दर्भमा विभिन्न योजना बनेको जानकारी दिए ।
हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त हलमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको फिल्म प्रिमियर भइसकेको जानकारी दिए ।
निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।
नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार