काठमाडौं आइपुगे सीपीसीका पोलिटब्यूरो सदस्य युआन, शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १३:३०:३८
७ साउन, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी 'सीपीसी' का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका हुन् । सीपीसीका उच्च तहका नेता युआन श्रीलंका भ्रमण सकेर उनी आजै काठमाडौं आइपुगेका हुन् ।
युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।
अब युआनले माओवादीका उपाध्यक्ष तथा गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पार्टीका अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड साउन ११ मा नेपाल फर्किने भएका छन् ।
सीपीसीका नेता युआनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्वप्रधानमन्त्रीहरू ओली र नेपाल मुलुक बाहिर रहे पनि उनीहरू सोमबारसम्म फर्किसक्नेछन् ।
शीर्ष नेताहरूसँग युआनको भेटवार्ताको विषयलाई लिएर नेपालस्थित चिनियाँ दुतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरू बीच गृहकार्य गरिरहेको बताइएको छ । आइतबार नेपाल भ्रमणमा आएका युआन सीपीसीका २४ जना केन्द्रीय पोलिटब्युरो सदस्य मध्ये एक सदस्य हुन् । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रुपमा केन्द्रिय पोलिटब्युरोलाई लिइन्छ ।
सीपीसीको सन् २०२२ मा भएको २० औ जनकंग्रेसले उनलाई उक्त जिम्मेवारी दिएको थियो । उनी यसअघि सीपीसीका केन्द्रीय सदस्य मात्र थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार